Technology Khabar ६ आश्विन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ असोज । एप्पल इन्कले बजारमा हालै सार्वजनिक गरेको नयाँ फोन तीन दिन भित्रमा १० मिलियन अर्थात १ करोड हेडसेट बिक्री गरेको जानकारी दिएको छ । कम्पनीले हालै सार्वजनिक गरेको आईफोन ६ र ६ प्लस दश मुलुकमा बिक्री गरेर आईफोनको किर्तिमानी बिक्री कायम गरेको बताएको छ ।
कम्पनीको आईफोन ६ र ६ प्लसको लागि सेप्टेम्बर १२ तारिखमा करिब ४ मिलियन प्रि अर्डर आएको थियो । जबकी एप्पलको आईफोन ५ को लागि २ वर्ष अगाडि त्यस्तै अवधिमा २ मिलियन प्रि अर्डर मात्र आएको थियो ।
विश्लेषकहरुले यस अघि नै पहिलो दिनको प्रि अर्डरको आधारमा पहिलो सप्ताहमा एप्पलले १० मिलियन आईफोन ६ र आईफोन ६ प्लस बिक्री गर्ने अनुमान गरेका थिए ।
गत वर्ष चीनसहित विश्वका ११ देशमा एप्पलले ९ मिलियन आईफोन ५एस र आईफोन ५सी पहिलो सप्तामा बिक्री गरेको थियो । तर चीनमा नियामक विवादका कारण नयाँ आईफोन बिक्रीमा ढिलाई हुँदै आएको छ । रोयटर्स
एप्पलको आईफोन ६ र ६ प्लसको बारेमा अधिक जानकारीका लागी यो लिंक हेर्नुहोस् ।
https://technologykhabar.com/apples-2-new-iphone-and-smart-watch-launched-2/
प्रकाशित: ६ आश्विन २०७१, सोमबार