Technology Khabar ६ आश्विन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ असोज । भृकुटी डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनबीच मोवाइल बैंकिङ सेवा सुरु गर्नेबारे सम्झौता सम्पन्न भएको छ । बैंकका उप–महाप्रबन्धक शरद पौडेल र एफवान सफ्टका बजार तथा बिक्री निर्देशक विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन, फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउनेछन् । साथै ग्राहकले रिचार्जकार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिटकार्डको विल भुक्तानी लगायतका सुविधा पनि मोवाइलबाटै पाउन सक्नेछन् । एफवान सफ्टले सञ्चालन गरेको फोनपे नेटवर्क र ईसेवाको सदस्यतापनि बैंकले लिएको छ ।
बैंक तथा वित्तिय संस्था ऐन अन्तर्गत गठित भृकुटी डेभलपमेन्ट बैंक, २०६१ सालमा स्थापनाभई हाल १० जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीय स्तरको विकास बैंक हो । भृकुटीले देशका बिभिन्न भेगमा रहेका १६ शाखा तथा ३ एक्स्टेन्सन काउन्टर मार्फत ५५ हजार ग्राहकलाई सेवादिँदै आएको छ ।
प्रकाशित: ६ आश्विन २०७१, सोमबार