Technology Khabar ६ आश्विन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौँ, ६ असोज । डिसहोमको “स्वर्ण उत्सव”को दोस्रो विजेताको घोषणा गरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्की ड्रबाट भक्तपूर लोकन्थली निवासी नरहरी हायु यस योजनाका दोस्रो विजेता घोषित भए । उनले यस योजना बमोजिम १० तोला सुन प्राप्त गरेका छन् । हायुलाई सो पुरस्कार डिसहोमका बजार प्रबन्धक कल्याण अधिकारी र डिसहोमका ब्राण्ड मार्केटिङ सहायक प्रबन्धक मनोज न्यैपानेले प्रदान गरेका थिए ।
यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने छ । भदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्म डिस होमको कनेक्सन लिने ग्राहकहरुलाई डिसहोमको तर्फबाट चाँदीको सिक्का प्रदान गरिनेछ । यसका साथै हरेक हप्ता हुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गरिने छ ।
यो योजना अन्तर्गत अझै ७ हप्तासम्म कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिनेछन् । देशभरि गरेर डिसहोम नेपालको ८०० वटा डिलर र २००० सेवा केन्द्रहरु रहेका छन् । यो योजनाभदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्ममा समाप्त हुनेछ ।
प्रकाशित: ६ आश्विन २०७१, सोमबार