Technology Khabar ५ आश्विन २०७१, आईतवार
काठमाडौं ।
काठमाण्डौ, ५ असोज । एप्पलले यो वर्षको अन्त्यसम्ममा करिब १० करोड आईफोन बिक्री गर्ने अनुमान गरिएको छ । यूबीएसका विश्लेषक स्टीवन मिलुनोबिचका अनुसार एप्पलले आईफोन ६ को सफल बिक्रीपछि यो वर्ष १० करोड सेट आईफोन बिक्री गर्नेछ ।
पछिल्लो समयमा एप्पलको आईफोनको लोकप्रियता लगातार बढिरहेको छ । कम्पनीको नयाँ हेडसेट आईफोन ६ तथा आईफोन ६ प्लसको निकै माग भइरहेको छ । कम्पनीले घोषणा गर्नुभन्दा पहिले नै २४ घण्टाभित्र ४० लाख आईफोनको अर्डर बुक भइसकेको थियो । यसले पनि अनुमान गर्नसकिन्छ की ग्राहकमा यस फोनका प्रति निकै लगाव रहेको छ ।
यसले कम्पनीको राजस्वको लक्ष्यपनि पुरा हुने बताईएको छ । नयाँ हेडसेट खासगरी ६ प्लसको चीनमा निकै बिक्री भईरहेको छ । एप्पलले चाइना मोबाइलका साथ वितरणका लागि करार गरेको छ, जसका कारण चीनमा निकै माग भएको छ ।
यो कम्पनीको चीनमा ७६ करोड युजर छन् । यो अनुमान गरिएको छ की एप्पलले २२ सेप्टेम्बरका दिन आफ्नो हेडसेट बिक्रीको तथ्यांक जारी गर्ने छ तथा सोहि समय कम्पनीको बिक्री कस्तो छ भन्ने जान्न सकिनेछ ।
प्रकाशित: ५ आश्विन २०७१, आईतवार