सामसुंग ग्यालेक्सी नोट ४ भारतमा सबैभन्दा पहिले सार्वजनिक हुने

Technology Khabar ४ आश्विन २०७१, शनिबार

सामसुंग ग्यालेक्सी नोट ४ भारतमा सबैभन्दा पहिले सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं, ४ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक हुने भएको छ । कम्पनिले भारतभरीका रिटेल स्टोरमा अक्टोबरको पहिलो सातामा ग्यालेक्सी नोट ४ लन्च गर्ने संभावना रहेको बताईएको छ । यसका साथै कुनै नयाँ फोनको सार्वजनिक गरेको निकै पछि मात्र भारतमा उपलब्ध हुने गुनासो पनि हट्ने बताईएको छ ।samsung_galaxy_note_4-14_0

चौथो पीढीको यो फोन अमेरिकामा १७ अक्टोबर तथा बेलायतमा १० अक्टोबरमा सार्वजनिक गरिने छ, यो आधारमा हेर्दा भारतमा सामसुंगे सबैभन्दा पहिलो ग्यालेक्सी नोट ४ सार्वजनिक गर्न लागेको हो ।

ग्यालेक्सी नोट दिपावलीभन्दा निकै पहिले भारतीय बजारमा उपलब्ध हुने भएको छ । चाडपर्वको अवसरलाई हेरेर पुरा लाभ उठाउने उदेश्यका साथ कम्पनीले उक्त फैसला लिएको हो । सामसुंगको यो फोनमा ५.७ इन्चको स्क्रीन रहेको छ । यसमा दुई प्रोसेसर लगाएको छ, एउटा स्न्यापड्रागन २.७ क्वाडकोर प्रोसेसर तथा अर्को १.९ गिगाहर्जको प्रोसेसर छ ।

भारतमा इक्सनोस प्रोसेसरका साथ यो फोन सार्वजनिक हुने संभावना भएको बताईएको छ । यसका साथै यस फोनमा १६ मेगापिक्सल क्यामेरा ३.७ मेगापिक्सल फ्रन्ट क्यामेरा उपलब्ध छ । यो फोन अनलाइनमा भने उपलब्ध हुने छैन् । खुद्रा तथा रिटेल पसलेहरुको अनलाइन बजारबाट नोक्सान भएको गुनासो पछि सामसुंगले अनलाइन फोन बेच्न रोक लगाएको छ । एजेन्सी

easy care

प्रकाशित: ४ आश्विन २०७१, शनिबार