Technology Khabar २ आश्विन २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, २ असोज । पारागन फुटवेयरले नेपालीहरुको महान् चाड बडादशै र तिहारको अवसर पारेर ११ मोडलका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो याम लाई लक्षित गरि बनाइएको र यस कम्पनिका प्रत्येक मोडलका जुत्ताहरुमा ६ महिनाको वारेण्टी प्रदान गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङले बताए ।
नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ । विशेष गरि पारागन फुटवेयरको बुट युवाहरुलाई लक्षित गरि बनाइएको कम्पनिले जनाएको छ । नयाँ मोडलका जुत्ताहरुमा बजारमा पाईने अन्य जुत्ता भन्दा उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरि बनाईएको हुँदा लामो समयसम्म टिक्ने एवं हलुका रहेको कम्पनीको दाबी छ ।
प्रकाशित: २ आश्विन २०७१, बिहीबार