Technology Khabar ३१ भाद्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौ, ३१ भदौ । के तपाईँलाई थाहा छ विश्वको सबैभन्दा महँगो मोबाइल फोन कुन हो भनेर ? यो फोनको मूल्य सुनेर तपाईको पनि होस् उड्न सक्दछ ।
यो हो आइफोन ५ ब्ल्याक डाइमण्ड । यद्यपि यो फोन एप्पलले आफैँ बनाएको भने होइन् ।
यो मोबाइल फोन विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना विशेष ग्राहकहरुको लागि बनाएका हुन् । यसको बजार मुल्य उनले दश लाख डलर राखेका छन् । यो फोनको विशेषता यसमा विशेष, दूर्लभ र महंगा हिरा जडान गरिएको छ । यसको अर्को विशेषतामा यो मोबाइल पूर्णरुपमा हातैले बनाइएको हो । यो एउटा फोन बनाउन र हिरा जडान गर्न नौ हप्ता अर्थात करिब दुई महिना लाग्ने बताईएकोछ ।
यसप्रकारको फोन तयार गर्नका लागि ह्युजले आइफोनको बाहिरी खोल (कभर) परिवर्तन गरेर त्यसलाइ ठोस सुनको बनाउँछन् । यो काम निकै सावधानीपूर्वक र परिश्रमपूर्ण हुने गर्दछ । त्यसपछि त्यसमा एउटा कालो हिरा अर्थात ब्ल्याक डाइमण्ड जडान गरिन्छ । यो हिरा सोलिटेयर हुन्छ साथै त्यो गहिरो हुन्छ किनकी फोनको खोलमा भित्रसम्म बसोस् ।
यो फोनलाई स्टुअर्ट ह्युजले आइफोन ५ नाम दिएका छन् । संसारभर यसका पारखी ग्राहकहरु छन् ।
स्टुअर्ट ह्युज इङ्ग्ल्याण्डका नाम चलेका डिजाइनर हुन् । उनि उच्च वर्गिका लागि विशेष प्रकारको ग्याजेट्स बनाउने गर्दछन् । उनी लग्जरीलाई टेक्नोलोजीसँग जोड्ने कुरामा विश्वास राख्छन् । उनले उनले २४ क्यारेट सुनको मोबाइल पनि बनाएका छन् । उक्त फोन अहिले पनि निकै लोकप्रिय मानिएको छ। के अब तपाई पनि खरिद गर्न चाहनु हुन्छ त आइफोन ५ ब्ल्याक डाइमण्ड ? एजेन्सीको सहयोगमा
प्रकाशित: ३१ भाद्र २०७१, मंगलवार