Technology Khabar ३० भाद्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ३० भदौ । सहकारीबाट मात्र आफ्नो कारोबार गर्न आब्हन गर्दै सहकारी बिज्ञ डिल्लीराम तिवारीले घरमा राख्दा ब्याज नआउने मात्र नभई खर्चपनि हुने भएकोले आफ्ना सम्पूर्ण कारोबार फ्लोरिकल्चर सहकारीमार्फत गर्न अनुरोध गरेका छन् । फ्लोरिकल्चर सहकारी संस्थाको पाचौ बार्षिक साधारण सभामा सो धारणा राखेका हुन् ।
फ्लोरिकल्चर क्षेत्रको बिकासका लागि सुरुवात गरिएको सहकारी भएकोले यसमार्फत आयात प्रतिस्थापन गर्दै बैज्ञानिक ढंगबाट उत्पादनमा जोड दिनुपर्ने फ्लोरिकल्चर एशोसियशन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताए । उनले नेपालमा पुष्प ब्यबशाय फस्टाउँदै गएको र यसको बजारीकरणमा सहकारीले ठुलो योगदान दिन सक्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका संचालक टेक प्रसाद चौलागाईले सहकारी देशको खम्बा भएपनि सरकारले उपेक्षित गरिरहेको बताए । उनले सहकारी मन्त्रालय सबै दलका लागि रोजाइको मन्त्रालय नभएकोले पनि यो क्षेत्र उपेक्षित हुन पुगेको बताए । फ्लोरिकल्चर सहकारी संस्थाले पुष्प ब्यबशायमा आबश्यक पर्ने प्लाष्टिक,बिरुवाहरु आयात गरि सरल र सहज ढंगबाट आफ्ना सदस्यहरुलाई बितरण गर्दै आइरहेको छ । संस्थाले पुष्प ब्यबशायमा आबद्ध आफ्ना सदस्यहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ ।
संस्थाकी अध्यक्ष मिनर्वा बिष्टले पुष्प ब्यबशायमा लागेकाहरुकैलागि सहकारी स्थापना गरिएको बताउँदै संस्थामा सदस्य बनेर यसबाट लाभ लिन आग्रह गरिन । कार्यक्रममा उत्कृष्ठ ऋणि राजु तामाङ र उत्कृष्ठ बचतकर्ता हेमलाल श्रेष्ठलाई संस्थाले नगद सहित सम्मान गरेको थियो ।
प्रकाशित: ३० भाद्र २०७१, सोमबार