सुबिसु क्यान सफ्टेक २०१४ सम्पन्न

Technology Khabar ३० भाद्र २०७१, सोमबार

सुबिसु क्यान सफ्टेक २०१४ सम्पन्न

काठमाडौं ।

काठमाडौं, ३० भदौ । सुचना प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपी मेलाको सातौँ संस्करण सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गरेको काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो ।

सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । यसै गरी मेलामा इन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धी सेवा, सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, प्रिन्टिङ सोलुसन्स, पावर सोलुसन्स र ट्याब्लेटहरुसँग सम्बन्धित स्टलहरु पनि रहेका थिए । सफ्टेकमा सहभागि कम्पनीहरुले आफ्नो उत्पादनहरुमा छुट र विभिन्न अफरहरु सार्वजनिक गर्ने भएकाले पनि अवलोकनकर्ताहरुको विशेष चासो र आगमन बढेको पाइएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्यान सफ्टेकको अवसर पारेर सूचना प्रविधि समाज (आइटीएस) ले ‘इम्पावरिङ युथ इन आइसिटी’ शिर्षकमा सेमिनार आयोजना गरेको थियो । त्यसैगरी सुविसु र क्त्तब् भ्लतजगकष्बकत सँगको सहकार्यमा वेव सेक्यूरिटी सम्वन्धी सेमिनार पनि आयोजना गरिएको थियो । यसैबीच कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाल ग्रिनआइटी सोलुसन्स प्रालिसँगको सहकार्यमा मंगलबार ‘भच्र्युलाईजेसन वर्कसप’ को आयोजना गरिने भएको छ ।

५ वर्षअघि ४० वटा स्टलबाट सुरु भएको क्यान सफ्टेक अहिले १ सय ४२ स्टलमा विस्तार भएको छ । आगामी वर्षमा यसलाई अझ विस्तार गरी प्रभावकारी ढंगले संचालन गर्ने प्रतिवद्धता कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले लिएको छ ।

सफ्टेकको सातौँ संस्करणको शिर्ष प्रायोजक सुविसु केवलनेट प्रालि, एसोसियट स्पोन्सर नियो इआरपी, डाइमण्ड स्पोन्सर नेपाल टेलिकम, सिल्भर स्पोन्सरहरु इरासफ्ट सोलुसन प्रालि, जिल इन्टरप्राइजेज प्रालि, इ–जोन इन्टरनेशनल प्रालि र प्रिन्ट स्पोन्सर सागर इन्फोसिस रहेको थियो ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार