भक्तपुरबाट नेपाली ताराकालागि १९ प्रतियोगीहरु

Technology Khabar ३० भाद्र २०७१, सोमबार

भक्तपुरबाट नेपाली ताराकालागि १९ प्रतियोगीहरु

काठमाडौं ।

काठमाडौँ, ३० भदौ । सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा ३ को भक्तपुरमा भएको अडिसनबाट १९ जना प्रतियोगीताले दोस्रो चरणमा गाउने मौका पाएका छन् । यहि भदौ २६ गते भएको अडिसनका लागि आएका ८८१ प्रतियोगीहरुमध्ये १९ जना (१२ पुरुष  र ७ महिला) ले प्रतियोगीताको दोस्रो चरणमा गाउने मौका पाएका हुन् ।

वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रसिद्ध गायक राम कृष्ण ढकालका मुख्य जजका रुपमा थिए भने दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संस्करणका रनर–अप धर्मेन्द्र सेवान कार्यक्रमका प्रस्तोता थिए ।tara1

कोका–कोला नेपाली ताराको अडिसन १७ भदाैदेखि धरानबाट सुरु भएको थियो र त्यसपछि नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै अब काठमाडौँमा संचालन हुनेछ ।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगायत रु. २ लाख ५१ हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गित गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्यकले रु.११,००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गित गाउने अवसर पाउनेछन् ।

अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारहरुद्वारा म्युजिक, स्टाइल र पर्सन्यालिटी विकाश गर्ने मौका पाउनेछन् । यो गायन प्रतिभा खोजिको तेस्रो संस्करणका विजेताहरुले समग्रमा करिब रु.२५ लाख वरावरको पुरस्कार जित्न सक्नेछन् ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार