Technology Khabar ३० भाद्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ३० भदौ । डिसहोमले भदौ बिर्तामोडमा चौथो र बिराटनगरमा पाँचौ सेवाकेन्द्र सुरु गरेको छ । कम्पनीले भदौ २६ गते बिर्तामोडमा चौथो र भदौ २७ गतेदेखि बिराटनगरमा पाँचौ सेवा केन्द्न सुरु गरेको हो ।
काठमाडौं सहित पोखरा, चितवन, बिर्तामोड र बिराटनगर गरि ५ वटा सेवा केन्द्न संचालनमा आएका छन् । निकट भविष्यमा नेपालगंज, धनगढी, दाङ, जनकपुर, महेन्द्रनगर, इटहरी, विरगंज र अन्य थुप्रै प्रमुख सहरमा सेवाकेन्द्नहरु विस्तार गर्दै लैजाने कम्पनीको योजना छ । ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्नहरुको सञ्जाल विस्तार गर्न लगिएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त सेवा केन्द्रहरुबाट हार्डवेयर र अन्य सभिर्स सम्बन्धित समस्याको समाधान र घरमै पुगेर दिईने प्राविधिक सहयोग तथा रिचार्ज र सिग्नल सम्बन्धित समस्याको समाधानलगायतका सुविधा दिईने बताईएको छ ।
डिसहोमले विगत ४ बर्षदेखि नेपालभर ३ लाख ८५ हजार ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।
प्रकाशित: ३० भाद्र २०७१, सोमबार