एनआरएन दक्षिण कोरियाद्धारा प्रधानमन्त्री राहत कोषमा १३ लाख सहयोग

Technology Khabar ३० भाद्र २०७१, सोमबार

एनआरएन दक्षिण कोरियाद्धारा प्रधानमन्त्री राहत कोषमा १३ लाख सहयोग

काठमाडौं ।

काठमाडौं, ३० भदौ । एनआरएन दक्षिण कोरियाको संयोजकत्वमा सामूहिक रुपमा राहत संकलन गर्न गठन गरिएको सुनकोशी राहत संकलन समितिले संकलन गरेको रु. १३ लाख २५ हजार आइतवार प्रधानमन्त्री समक्ष हस्तान्तरण गरेकोछ ।

सिन्धुपाल्चोक जिल्लाको मांखा, राम्चे र टेकानपुर गाविसमा गएको पहिरोमा परि मृत्यु भएका, घर खेत बगाएका र विस्थापित हुनुपरेका त्यस सुनकोशी बाढिपहिरो पिडितलाई सहयोग गर्न कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायको संघ संस्थाहरु, नेपाल योङ्गस्टार ग्रुप, ईपिएस छिन्गु, लगायत २८ संस्थाहरुद्वारा सामूहिक रुपमा समितिमार्फत संकलन गरेको १३ लाख २५ हजार रुपैंया प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि आइतवार प्रधानमन्त्री समक्ष हस्तान्तरण गरिएको हो ।

एन.आर.एन.कोरिया प्रतिनिधि के.पि.सिटौला, नेपाल योङ्गस्टार ग्रुप अध्यक्ष यम श्रेष्ठ, पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रघु त्रिपाठी, एसियन मानव अधिकार फोरमका संस्थापक अध्यक्ष सिद्धी चरण बराल लगायतका कोरियाबाट आउनुभएका विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको एक टोलीले सुनकोशी बाढी पहिरोले प्रभावित स्थल भ्रमण गरी पिडित र स्थानीय वासिन्दा एवम् स्थानिय प्रशासनसंगको छलफल पश्चात सरकारी संयन्त्रद्वारा प्रधानमन्त्री राहतकोष मार्फत राहत प्रदान गर्ने निर्णय गरि सोही अनुरुप उक्त रकम हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।

कोरियाबाट अन्य संघ संथाहरुले वितरण गरेको र संकलन हुन बाँकी रकम गरी जम्मा २१ लाख बराबरको रकम सुनकोशी बाढी पहिरो पिडितका निम्ती संकलन भएको एनआरएन दक्षिण कोरियाले जानकारी गराएको छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार

ताजा समाचार