चिनियाँ मोबाइल ब्राण्ड जियोनी नेपाली बजारमा

Technology Khabar २९ भाद्र २०७१, आईतवार

चिनियाँ मोबाइल ब्राण्ड जियोनी नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २९ भदौ । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी नेपाली बजारमा भित्रिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबिच जियोनीका विभिन्न मोबाइल सार्वजनिक गरिएको छ ।

भारतमा निकै सफल भएको जियोनीले हाल ५ वटा विभिन्न मोडलका स्मार्टफोन र २ वटा फिचर फोन नेपाली बजारमा भित्राएको हो । नेपाली बजारमा जियोनी ब्रान्डका मोबाइल टेलिटक प्रालिलेआयात तथा बिक्री वितरण गर्ने जिम्मा पाएको छ ।

BxVtK1uCcAAAQwS

भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका करिव ४० मुलुकमा वाषिर्क २ करोड ५० लाख मोबाइल सेटबिक्री गर्दै आएको जियोनीले नेपालमा एक वर्षमा उत्कृष्ट तीन र दुईवर्षमा पहिलो मोबाइल ब्रान्ड हुने दाबी गरेको छ । जियोनीले विश्वभर वार्षिक २ करोड५० लाख ह्यान्डसेट बेच्दै आएको जानकारी दिएकोछ । कम्पनीले नेपालमा ब्रान्डिङकालागि मात्रै करिब ७० देखि ८० करोड रुपैयाँ खर्च गर्ने योजना सार्वजनिक गरेकोछ ।

मोबाइलको मूल्य सार्वजनिक नगरिएपनि फिचर फोनको मूल्य ३हजारदेखि सुरु हुने र स्मार्टफोनको मूल्य रु १५ देखि ३५ हजार रुपैयाँसम्म पर्ने टेलिटकले जानकारी दिएको छ ।

१५०० युवा अनुसन्धानकर्ता रअविष्कारकर्ताहरुको समूह जियोनीको मुख्य बिशेषता भनेकै आफ्नै डिजाइन, आफ्नै उत्पादन र आफ्नै अनुसन्धान तथा विकास भएको कम्पनीको भनाई छ ।10603567_687463661331312_8335392822648604064_n

जियोनीले सन् २००० देखि मोबाइल फोन उत्पादन सुरु गरेको हो । करिव ८ हजार जनशक्ति कार्यरत कम्पनीले बाषिर्क ४ करोड हृयाण्डसेट उत्पादन गर्छ जसले निकट भविष्यमा उत्पादन क्षमता दोब्बर बनाउँदै छ । यो कम्पनी १६० मिलियन डलरमा स्थापना भएको हो । जियोनी मोबाइलको आफ्नै अपरेटिङ सफ्टवेयर अमिगो भएकाले चाँडै स्थापित हुने विश्वास गरेकोछ ।

कम्पनीले सेप्टेम्बर १५ तारिखदेखि नेपाली बजारमा ग्राहकहरुकालागि उपलब्ध हुने जानकारी दिएको छ । टेलिटकले नेपाली बजारमा कलर्स र स्पाइस मोबाइल आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।

Sajilo Visa

प्रकाशित: २९ भाद्र २०७१, आईतवार

तपाइको प्रतिक्रिया