नेपाली बजारमा तीन प्रकारका नयाँ ट्याब्लेट

Technology Khabar २७ भाद्र २०७१, शुक्रबार

नेपाली बजारमा तीन प्रकारका नयाँ ट्याब्लेट
Global IME Bank

काठमाडौं ।

काठमाडौ, २७ भदौ । एसएचटीसी इण्टरनेशनल प्रालिले नेपाली बजारमा तीन प्रकारका नयाँ ट्याब्लेट भित्र्याएको छ । कम्पनीले हरेक वर्गका नेपालीलाई लक्षित गर्दैनयाँ ट्याब्लेटहरूप्याड–७२३२ डब्ल्यू, प्याड–७२३२ सी र प्याड–७८४३२ सी भित्र्याएको हो । तिनको बजार मूल्यक्रमशः रू. ९ हजार ५ सय, १५ हजार ५ सय र २६ हजार छ ।

७ र ८ इञ्चकोस्क्रिनमा उपलब्ध यी ट्याब्लेटको मूल्य मितव्ययी भए तापनि गुणस्तरमा भनेबजारमा नाम चलेका ब्राण्डसरह भएको कम्पनीका बजार व्यवस्थापक रवीन्द्रतुलाधरले दाबी गरे । ‘हरेक वर्गका नेपालीले ट्याब्लेटको मज्जा लिन सकून्भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘बजारमा सस्तो मूल्यमा ट्याब्लेट उपलब्धभए पनि तिनमा गुणस्तरको ग्यारेण्टी हुँदैन । तर, हामीले ल्याएका ट्याब्लेटमितव्ययी मूल्य भएर पनि गुणस्तरीय छन् ।’

कम्पनीले नेपालभर आफ्ना २ सयभन्दा बढी डिलरमार्फत यी ट्याब्लेटउपलब्ध गराउँदै आएको बताएको छ । काठमाडौंका उपभोक्ताले भने पुतलीसडककोई–स्पेस शोरूमबाट यी उपकरण खरीद गर्न सक्छन् । ट्याब्लेट खरीदमा ग्राहकलाई १वर्षको वारेण्टी सुविधा दिइएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखीकम्पनीले विक्रीपछिको सेवा पनि उपलब्ध गराउने गरेको छ । वारेण्टी अवधिभरउपकरणमा केही खराबी आएमा कम्पनीले निःशुल्क मर्मत सेवा उपलब्ध गराउने गरेकोतुलाधरले जानकारी दिए ।अभियानबाट

Sajilo Visa

प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार