एनसेलको सामसुङका मोवाइल सेटसँग बन्डल

Technology Khabar २७ भाद्र २०७१, शुक्रबार

एनसेलको सामसुङका मोवाइल सेटसँग बन्डल

काठमाडौं ।

काठमाडौ, २७ भदौ । एनसेलले सामसुङका मोवाइल सेटसँग बन्डल गरेर नयाँ अफर सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले सामसुङका दुईवटा मोवाइल सेटसँगै एनसेलको सेवा आकर्षकमूल्यमा प्राप्त गर्न सक्नेछन् ।

भदौ२७ गतेदेखि शुरु हुने यो योजनामा ग्राहकले ११ हजार नौ सय रुपैयाँ रहेको सामसुङको एस नेक्स्ट मोवाइल सेट तीन हजार रुपैयाँ बराबर व्यालेन्स रहेको एनसेलको प्रिपेड सिम कार्डसहित १०,९०० रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जनाएको छ । त्यसैगरी १५ हजार १९० रुपैयाँ मूल्य रहेको सामसुङको एस डुओस थ्रि सेटमा पाँच हजार रुपैयाँ बराबर अन–नेट व्यालेन्स रहेको एनसेलको प्रिपेड सिमकार्डसँग १३,९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले पनि यी सेटहरु खरिदगर्दा प्राप्त हुने अन–नेट व्यालेन्सलाई आफ्नै विद्यमान नम्बरमा प्राप्तगर्न सक्ने र यस्तो व्यालेन्स कुनै पनिएनसेल सेन्टरबाट ट्रान्सफर गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

यो योजना दुई महिनासम्म लागु हुने छ । ग्राहकले देशका विभिन्न भागमा रहेकाकुनै पनि एनसेल सेन्टर, एनसेल शप तथा एनसेलका अधिकृत विक्रेताबाट प्राप्तगर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सेटसँगै उपलब्ध हुने व्यालेन्सलाई ग्राहकले पुस १६ गतेसम्म ईन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि नम्बरमा कल गर्न वा एसएमएस तथा एमएमएस पठाउन प्रयोगगर्न सक्ने छन् ।

ग्राहकका लागि गुणस्तरीय ईन्टरनेट सेवाको अनुभुति गराउनकालागि एनसेलको सिमकार्ड रहेको स्मार्ट फोन सेट उपलब्ध गराउने क्रममा आकर्षक अफर ल्याएको एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन् । उनले भनिन्, यसले चाडपर्वको अवसरमा युवा तथा विधार्थीहरुलाई स्मार्ट फोनतथा एनसेलको सेवालाई सुलभ दरमा उपलब्ध गराउनेछ ।

Sajilo Visa

प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार