सुविसु क्यान सफ्टेक २०१४ शुरु, स्मार्टफोन र एप्लीकेशनबारे जानकारी दिइने

Technology Khabar २७ भाद्र २०७१, शुक्रबार

सुविसु क्यान सफ्टेक २०१४ शुरु, स्मार्टफोन र एप्लीकेशनबारे जानकारी दिइने

काठमाडौं ।

काठमाडौ, २७ भदौ । सातौ संस्करणको सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीको औपचारिक कार्यक्रम गर्दै विहिवारदेखि शुरु भएको छ । यो वर्ष १ सय ४२ स्टल मेलामा छन् । सूचना तथा संचार प्रविधिको क्षेत्रमा विकास भएका नविनतम् सफ्टवेयर, सर्भिस र कम्यूनिकेशनका  प्रविधि र उपकरणहरु बजारमा उपलब्ध स्मार्टफोन र एप्लीकेशन, नयाँ जेनेरेशनका ल्यापटप र त्यसमा प्रयोग हुने सेवाहरु तथा मोबाइल एप्स एकै ठाउँमा क्यान सफ्टेकमार्फत अवलोकन गर्ने व्यवस्था मिलाईएको छ ।

सफ्टेक उद्घाटनगर्दै संविधान सभाका सभामुख सुवासचन्द्र नेम्बाङले सूचना तथा संचारप्रविधिको क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धनका निम्ती आफु र गरिमामय संविधानसभाले सक्दो सहयोग गर्ने बताए । सफ्टेकको आयोजनाले प्रविधिमैत्री सेवाहरुलाई प्रोत्साहन गरेको बताउदै सभामुख नेम्बाङले यसप्रकारको मेलाले प्रविधि प्रयोकर्ता, उद्यमी, अन्वेशक, सेवा प्रदायक र यससम्बन्धी चासो राख्ने विद्यार्थी लगायत सरोकारवाला सबैलाई प्रत्यक्ष लाभ मिल्ने बताए । निर्धारित मितीमै संविधान दिनुपर्ने अहिलेको चुनौतीलाई निर्वाह गर्न आफु प्रतिबद्ध रहेको बताउदै सभामुखले प्रविधिको सक्दो उपयोग गरेर नेपालले आगामीदिनमा ब्यापार, शिक्षा, स्वास्थ्य, संचार, अनुसन्धान, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य फाइदा लिनसक्नुपर्ने बताएका थिए ।

प्रविधिको उच्चतम प्रयोगले विश्वका धेरै मुलुकहरुले आर्थिक फड्को मारेको सभामुखको भनाई थियो । सभामुख नेम्बाङले समुदायमा आधारित इ–एग्रिकल्चर, इ–हेल्थ, ई–टुरिज्म, ई–लाइब्रेरी, ई–एजुकेसन लगायत देशले मागेका विकासका मोडलहरु ल्याउन अहिलेको सरकारले कन्ज्युस्याई गर्न नहुने स्पष्ट पारे ।

उद्घाटन समारोहमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सूचना तथा संचारप्रविधि क्षेत्रको विकासलाई राज्यले प्राथमिकतामा राखेको बताए । नेपाल सरकारको स्वामित्वमा निर्माण सम्पन्न भई हालसम्म संचालनमा आउन नसकेको काभ्रे पनौतिस्थित देशको एकमात्र सूचना प्रविधि पार्कलाई व्यवस्थित तथा दिर्घकालिन संचालनका निम्ती प्रकृया अघि बढाइएको पौडेलले जानकारी दिए ।

क्यानका अध्यक्ष विनोद ढकालले निजिक्षेत्रको तर्फबाट सूचना प्रविधिको विकासका निम्ती प्रविधि प्रयोगकर्तालाई प्रविधि मैत्री बनाउन आइटी मेलालाई निरन्तरता दिदै आएको बताए । ढकालले बनेपास्थित सूचना प्रविधि पार्कलाई संचालनमा ल्याउन क्यानले ७ बुदें अवधारणा पत्र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई बुझाएको जानकारी दिए । जसमा सूचना प्रविधि पार्कलाई नमुना आइटी पार्क बनाउन त्यो क्षेत्रको ६० प्रतिशत क्षेत्रफलमा नयाँ भवनहरु निर्माण गरि देशविदेशका सफ्टवेयर हार्डवेयर उत्पादक, प्रविधि विकासकर्ता तथा व्यवसायीलाई त्यो क्षेत्रमा रहेर निर्वाध काम गराउने वातावरण सृजना गर्न क्यानले सहयोग गर्ने ढकालले बताए ।

सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा सफ्टवेयर, कम्प्यटुर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफट्वेयर छन् । सेवा सम्बन्धी क्षेत्रमा इन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धी सेवा, त्यस्तै सोलुसन्सको क्षेत्रमा सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, प्रिन्टिगं सोलुसन्स, पावर सोलुसन्स र विभिन्न एप्लिकेसन सहितका ट्याब्लेटहरुस“ग सम्बन्धित स्टल छन् । कम्प्युटर र सूचना तथा संचारप्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटप सहितका स्टलहरु यसपटक थप गरिएका छन् । सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपी मेला अवलोकनका निम्ती सर्वसाधारणलाई प्रवेश शुल्क रु. ५० र विद्यार्थीहरुलाई रु. २५ रुपैया“ तोकिएको छ ।

क्यान सफ्टेककै अवसर पारेर वेब सेक्युरिटी, शिक्षण संस्था र उद्योग बिचको खाडल न्यूनिकरण, ई–एजुकेसन र भर्चुलाइजेसनमा सेमिनार हुनेछ । सातौं क्यान सफ्टेक २९ गतेसम्म संचालन हुनेछ । पा“चौ संस्करणसम्म त्रिपुरेश्वरस्थित डिइसिसिको हलमा आयोजित सफ्टेक गतवर्षदेखि भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन थालेको हो । प्रारम्भका ५ वर्ष ४० वटा स्टलमा सिमित क्यान सफ्टेक गतवर्ष १ सय २० स्टलमा विस्तारित भएको थियो ।

Sajilo Visa

प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया