Technology Khabar २६ भाद्र २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौँ, २६ भदौ । डोनियरले आफ्ना निकै आकर्षक शुट, शर्ट र ट्राउजर नेपाली ग्राहकहरुका लागि बजारमा प्रस्तुत गरेको छ । यस अन्तर्राष्ट्रिय कम्पनिका लागि भगवती वस्त्रालयलाई नेपालको आधिकारिक विक्रेता नियुक्त गरिएको छ ।
कम्पनीका निर्देशक राम चन्द्र चौधरीले डोनियरले Natural Fiber, Synthetic Fiber र यिनीहरुका विभिन्न मिश्रणहरुबाट बनाइएका उत्पादनहरुद्वारा मध्य र प्रिमियम क्षेत्रका ग्राहकहरुका लागि विभिन्न किसिमका प्रस्तुतीहरु ल्याएको जानकारी दिए । डोनियरद्वारा बनाइएका उत्पादनहरु संसारभरिका धेरै स्थानीय टेक्स्टाइल मार्केटहरुमा परिचित ब्राण्ड हो ।
काठमाडौंको वोटुस्थित भगवती वस्त्रालयमा मुख्य तीन किसिमका डोनियरका उत्पादनहरु उपलब्ध रहेका छन् । डोनियर NXG नेपालीहरुका लागि क्याजुअल वेयर हो, Ferrino Mizoni डोनियरको प्रिमियम क्षेत्रका ग्राहकहरुका लागि हो भने अन्य उत्पादनहरु डोनियरको सार्वजनिक बजारको लागि हो । भगवती वस्त्रालयको व्यापक सञ्जालका माध्यमबाट डोनियरका उत्पादनहरु नेपालभरि उपलब्ध हुने बताईएको छ ।
नेपाली बजारका लागि डोनियरले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको जानकारी दियो ।
प्रकाशित: २६ भाद्र २०७१, बिहीबार