Technology Khabar २५ भाद्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २५ भदौ। कलर्स मोबाइल एन्ड सोलुसनले राजधानीको त्रिपुरेश्वरमा आफ्नो उत्पादनहरुको सो रुम कलर्स वर्ल्ड खोलेको छ । आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा रहेको सोरुमको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे ।
सेन्टरको भुइँ तलामा रहेको सोरुममा कलर्स ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स एप्लाइन्सेज र घरायसी सामाग्रीहरु राखिएका छन् । सोरुममा पछिल्लो प्रविधिमा आधारित मोबाइल फोन, सस्तादेखि महँगा मोबाइल सेट, रेफ्रिजेरेटर, आइरन, एलइडी टिभी, भ्याकुम क्लिनर लगायतका सामानहरु राखिएका छन् । सोलुसन्सकाअनुसार सो रुममा पछिल्ला नयाँ संस्करणका मोबाइल फोनहरु राखिनेछन् ।
कलर्स मोबाईल ब्राण्ड टेलिटक प्रालिको हो भने कलर्सका इलेक्ट्रोनिक्स सामाग्रीहरु युनिभर्सल इलेक्ट्रोकमको आधिकारीक ब्राण्ड हो दुबै कम्पनी लक्की ग्रुप अन्तरगत संचालनमा छन् ।
प्रकाशित: २५ भाद्र २०७१, बुधबार