नवौँ नाडा अटो सोमा डेढ अर्बको कारोबार

Technology Khabar २४ भाद्र २०७१, मंगलवार

नवौँ नाडा अटो सोमा डेढ अर्बको कारोबार

काठमाडौं ।

काठमाडौं, २४ भदौ । काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनहरुको बिक्री तथा प्रदर्शनीको लागि गरिएको ९ औं ‘नाडा अटो सो २०१४’ सम्पन्न भएको छ । ६ दिनसम्म सञ्चालन भएकोअटो सोमा एक अर्ब पचास करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने अटो सो ५५ हजार दर्शकले अवलोकन गरेका थिए । बुधबारदेखि सुरु भएको मेला ६ दिनसम्म चलेको थियो ।

प्रदर्शनीको अन्तिम दिनसम्ममा चार पांग्रे र दुई पांग्रे गरी एक हजारतीनसय ७५ सवारी बुकिङ भएको छ । जसमा दुई पांग्रे सवारी (मोटरसाइकल) तर्फसात सय ५० र चार पांग्रे सवारीतर्फ छ सय २५ वटा बुकिङ भएका छन् । गत वर्षभन्दा यो वर्ष कार बुकिङ गर्नेहरु बढेका छन्‍ । गएको वर्ष दुई पांग्रे एक हजार दुई सयवटा र चार पांग्रे सवारीतर्फ तीनसय गाडी बुकिङ भएको थिए । सुरुमा पाँचदिनमात्रै गर्ने भनिएको अटो सोमा दर्शकहरुको उत्साहजनक सहभागिता भएपछि एक दिन लम्ब्याइएको थियो ।

अटो सो–२०१४ मूल आयोजक समितिका संयोजक शम्भुप्रसाद दाहालले मेलाको समापनगर्दै मेला भव्यताको साथ सम्पन्न भएको बताए । मेलामा साना र ठूला सवारी, बैंक/वित्त फाइन्नान्ससमेतका गरी झन्डै एकसय स्टल रहेको थियो ।

आयोजकले दिएको जानकारी अनुसार मेलामा ६३ वटा प्रदर्शकले भाग लिएका थिए । मेलामा हुन्डाई, किया, होन्डा, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फोर्ड, फियाट, डाइहाट्सु, फक्सवागन, हिरो, बजाज, यामाहालगायत ब्रान्डलेसवारी साधन प्रदर्शनीमा राख्नेछन् । मेलामा १२ ब्रान्डका चार पांग्रे तथा११ ब्रान्डका दुई पांग्रे साधन राखिएको थियो । प्रदर्शनीमा नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणराज्यजस्ता मुलुकका सवारीसाधनउत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको समेत सहभागिता थियो ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पाटर्स, लुब्रिकेन्ट्स, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्री पनिराखिएका थिए ।दसैंको नजिक आयोजना गर्न लागिएको यस मेलामा व्यवसायीले सक्दो धेरै सवारी बिक्रीका लागि छुट र स्किमको बहार ल्याएका थिए ।

सन् १९९८ देखि प्रत्येक दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको अटो सो सन् २०११देखि प्रत्येक वर्ष हुँदै आएको छ ।

Sajilo Visa

प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार