Micromaxको Modem Support भएको CDMA फोन बजारमा

Technology Khabar २४ भाद्र २०७१, मंगलवार

Micromaxको Modem Support भएको CDMA फोन बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, २४ भदौ । Micromax ले नयाँ फोन Miromax C210 नेपाली बजारमा प्रस्तुत गरेको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा Micromax ले आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको छ ।

यस नयाँ Miromax C210 मा निकै शक्तिशाली CDMA नेटवर्क रहेको छ र यसको CDMA नेटवर्कको आवाजको उच्च गुणस्तरको रहेको दाबी कम्पनीको छ । आधुनिककालको मागलाई मध्यनजर गर्दै यस Micromax C210 मा Digital Camera पनि राखिएको छ जसबाट आफुलाई मनपर्ने क्षणहरु खिच्न सकिनेछ । साथै यसमा FM पनि राखिएको छ ।

यसका साथै MicromaxC210 मा भएको भिडियो प्लेयरमा आफुले स्टोर गरेका गीतहरु तथा आफुले खिचेका भिडियोहरु जति पटक पनि सुन्न अथवा हेर्न सकिनेछ भने यसले 4GB सम्मको Micro SD मेमोरी कार्ड सपोर्ट गर्दछ ।

Micromax C210 मा भिडियो, पिक्चर र गीतहरु सेयर गर्नको लागि USB Connecivity र Bluetooth राखिएको छ । नेपालमा बढ्दै गएको लोडसेडिङलाई मध्यनजर गर्दै Micromax C210 मा Torch Light पनि जडान गरिएको छ ।

साथै ग्राहकहरुको मनोरञ्जन, मल्टिमिडिया र अन्य थुप्रै गेमहरुका लागि Micromax C210 मा Micromax को निजी प्रस्तुति M!Live पनि राखिएको छ । यो फोन SlickSilver र Raging Red जस्ता आकर्षक रङ्गहरुमा उपलब्ध छ जसको बजार मूल्य २९७६ रुपैंया रहेको छ ।

Sajilo Visa

प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार