क्यास अन एडको सिईओमा विनित शर्मा

Technology Khabar २४ भाद्र २०७१, मंगलवार

क्यास अन एडको सिईओमा विनित शर्मा

काठमाडौं ।

काठमाडौं, २४ भदौ । क्यास अन एडको प्रमुख कार्यकारी अधिकृत (सिईअो)मा विनित शर्मा नियुक्त भएका छन् । उनी सन् २०१० देखि क्यास अन एडसँगै यसका भगिनी संस्थाहरु एफवान सफ्ट, इसेवा लगायतका कम्पनीमा रणनीतिक सल्लाहाकारका रुपमा काम गर्दै आएका थिए । कम्पनी सञ्चालक समितिको हालैको बैठकले शर्मालाई क्यास अन एड ग्लोबलको प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्नेे निर्णय गरेको हो ।

२५ वर्षभन्दा लामो समयदेखि प्रविधिका क्षेत्रमा अनुभव सम्हालेका शर्मा प्राविधिक आर्किटेक्ट, उच्च तहको व्यवस्थापन, व्यवसायिक अध्यापन र उद्यमशिलतामा संलग्न छन् । उनी प्रविधि विकास कम्पनीका विभिन्न पदमा काम गरिसकेका छन् । त्यसैगरी शर्मा स्टक मार्केट डाटाको प्राविधिक विश्लेषण टुल निर्माण गरेको कम्पनी अनटिक इन्कका सहसंस्थापक समेत हुन् ।

साउर्दन इलिनोइ विश्वविद्यालयबाट कम्युटर विज्ञान तथा इन्जिनियरिङ विज्ञानमा स्नातकोत्तर गरेका शर्मा युनिभर्सिटि अफ क्यालिफोर्निया बर्कले तथा युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ता क्रुज एक्सटेन्सन क्याम्पसहरुमा पनि प्रध्यापन गर्छन् ।

क्यास अन एडमा जिम्मेवारी सम्हाल्दै सिईओ शर्माले नविनत्तम प्रविधिको विकास तथा कम्पनीका उत्पादनको स्थानीय तथा विश्व बजारमा पहिचान दिलाउनु पर्नेमा जोड दिए ।
सिलिकन भ्याली क्यालिफोर्निया अमेरिकामा प्रधान कार्यालय रहेको क्यास अन एडले मोवाइल विज्ञापन बजारमा काम गर्दै आएको छ । नेपालबाट सुरु भएको कम्पनीको यात्रा अहिले अष्ट्रेलिया, इक्वेडर, भारत तथा श्रीलंकामा पुगेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार