कोका–कोलाको खुसी बाँडे,खुसी बढ्छ योजना

Technology Khabar २४ भाद्र २०७१, मंगलवार

कोका–कोलाको खुसी बाँडे,खुसी बढ्छ योजना

काठमाडौं ।

काठमाडौँ, २४ भदौ । कोका–कोलाले आफनो नयाँ ‘खुसी बाँडे, खुसी बढ्छ’ योजना सार्वजनिक गरेको छ ।  कोका–कोलाका ग्राहकहरुले आफ्ना आफन्त, साथी–भाइ, परिवार र छिमेकीहरुका साथ रिफ्रेसिङ र स्वादिलो कोका–कोलाको बोटलमा आफ्नो दशैँको व्यक्तिगत सन्देश लेखि दशैँ उत्सव मनाउन सक्नेछन् । ग्राहकहरुले २.२५ र १.५ लि.को कोका–कोला, फ्यान्टा र स्प्राइटका पेट बोटल किनि आफ्नो दशैँको व्यक्तिगत सन्देश लेख्न सक्ने कम्पनीले जनाएको छ ।

यी पेट बोटलका माध्यमबाट कोका–कोलाले सबै ग्राहकहरुलाई आफ्ना प्रियजनहरुलाई दशैँको सन्देश लेखि खुसी बाँड्ने मौका दिएको छ जुन उनीहरुले अन्य दिनहरुमा व्यक्त गर्न सक्दैनन् ।

कोका–कोलाकालागि नेपाल र भुटानका कन्ट्रि म्यानेजर आलोक कोहलीले दशैँ महोत्सवमा कामको सबै चिन्ता बिर्सेर घर फर्कने बेलामा यी कोका–कोलाका बोटलहरु आफ्ना प्रियजनहरुलाई कृतज्ञता व्यक्त गर्ने माध्यम हुन सक्ने बताए ।

यस अभियान अन्तर्गत ग्राहकहरुले रेडियोमा आफ्नो सन्देश पठाउन पाउनेछन् र त्यस मध्येका सर्वोत्कृष्ट सन्देशहरु कोका–कोलाको बोटलमा लेखेर दशैँको कोसेलीका रुपमा ती ग्राहकका प्रियजनमाझ पठाइने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

ताजा समाचार