टोयोटाको इटिओस क्रस सार्वजनिक

Technology Khabar २२ भाद्र २०७१, आईतवार

टोयोटाको इटिओस क्रस सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २२ भदौ । नेपालका लागि टोयोटा गाडिका आधिकारीक बितरक युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रा.लि.ले ब्राण्ड न्यू टोयोटा इटिओस क्रस सार्वजनिक गरेको छ । टोयोटा इटिओस क्रसले रोमान्चक डिजाइन प्रतिबिम्बित गर्दछ जसले टोयोटाको गुणस्तरीयता, भरपर्दोपना र विश्वसनीयतालाई झल्काउने बताईएको छ । कम्पनीले नेपाल अटोमोबाईल डिलर्स एशोसियसनले आयोजना गरेको नाडा अटो शो २०७१ मा टोयोटा इटिओस क्रस सार्वजनिक गरेको हो ।

tttttt

टोयोटा इटिओस क्रस १ हजार ४ सय ९६ सिसिको पेट्रोल इन्जिनयुक्त गाडि हो जसले १६.७८ किलोमिटर प्रति लिटरको माइलेज सिर्जना गर्दछ । अगाडिको भागमा McPherson Strut Suspension युक्त टोयोटा इटिओस क्रसको पछिल्लो भागमा Torsion Beam Suspension रहेको छ जसले आरामदायी र सुविधायुक्त यात्रा दिलाउँछ । त्यसैगरी यस गाडिमा 185/60 R15 ट्यूवलेस टायर जडान गरिएको छ । टोयोटा इटिओस क्रसमा ठूलो क्याबिन (स्थान) रहेको जसमा आरामदायीरुपमा ५ जना यात्रुहरुले लामो रुटको यात्रा गर्न सक्दछन् । यसमा ४५ लिटरको इन्धन ट्यांक क्षमता छ भने २ सय ५१ लिटरको सामान राख्ने स्थान रहेको छ, जसमा आवश्यकता अनुसारको सामाग्रीहरु राख्न सकिने कम्पनीले जानकारी दियो ।

उच्चस्तरको आन्तरिक सजावटयुक्त यस गाडिमा चालकको आवश्यकताको लागि इलेक्ट्रोनिक पावर स्टेरिङकासाथै चालक बस्ने क्षेत्रमा Side auto down रहेको छ । यसमा 3 Spoke Steering Wheel, Power Windows, Remote Fuel Lid and Tailgate Opener, Keyless Entry लगायतका सुविधा जडित रहेका छन् भने सुरक्षा चेतावनी अन्तरगत चालक सिट बेल्ट, राजसी ठाँटको Door Ajar, पार्किङ ब्रेक, हेडल्याप बाल्ने सुविधा राखिएको छ । जसले चालकलाई यात्रु तथा गाडिको सुरक्षाको लागी मद्धत गर्दछ ।

टोयोटा इटिओस क्रसमा उच्चस्तरका सुरक्षा प्याकेजअन्तरगत ABS, EBD, Airbags, impact absorbing body structure and engine immobilizer जडान गरिएको छ, जसले चालकका साथै यात्रुहरुलाई शान्तपूर्वक यात्रा गर्ने वातावरण तयार पार्ने कम्पनीको भनाई छ ।

Global Bank
easy care

प्रकाशित: २२ भाद्र २०७१, आईतवार