धरानबाट नेपाली ताराका लागि २२ प्रतियोगीहरु

Technology Khabar २२ भाद्र २०७१, आईतवार

धरानबाट नेपाली ताराका लागि २२ प्रतियोगीहरु

काठमाडौं ।

काठमाडौँ, २२ भदौ । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा ३ को अडिसन राउण्ड २ भदौ १७ गतेदेखि धरानबाट शुरु भएको छ ।
धरानको अडिसनका लागि आएका ९४३ प्रतियोगीहरु मध्ये २२ जना (१४ पुरुष ८ महिला) ले प्रतियोगीताको दोस्रो चरणमा गाउने मौका पाएका छन् । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालका साथै मुख्य जजकारुपमा थिए भने दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संसकरणका रनर–अप धर्वेन्द्र सेवान कार्यक्रमका प्रश्तोता थिए ।2

निर्णायकहरुका अनुसार यस पटकका प्रतियोगीहरु पहिलेभन्दा राम्रो तयारीका साथ आएका छन् र जजहरुलाई उत्कृष्ट प्रतियोगी छनोट गर्न निकै गाह्नाे भएको छ । धरानको अडिसनमा सबै उमेरका प्रतियोगीहरुको समावेश थियो । जजहरु आफ्नो छनेटप्रति निकै खुसी छन् किनकि यस पटक धेरैजसो प्रतियोगीहरुले संगीत सिकेर आएका छन् जसले गर्दाका अबका राउण्डहरु पहिलेभन्दा प्रतिस्पर्धात्मक हुनेछ ।

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकललगायत रु. २,५१,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्यकले रु.११,००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारहरु द्वारा म्युजिक, स्टाइल र पर्सन्यालिटि विकाश गर्ने मौका पाउनेछन्  । कोका–कोला नेपाली ताराको विजेताले अष्ट्रेलिया ट्रीपमा जान र सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मोका पाउने छ ।

यो गायन प्रतिभा खोजिको तेस्रो संस्करणका विजेताहरुले समग्रमा करिब रु.२५ लाख वरावरको पुरस्कार जित्न सक्नेछन् । अर्को अडिसन १९ भदाैमा नारायणगढमा हुनेछ भने त्यसपछिका अडिसनहरु बुटवल, पोखरा, भक्तपुर र अन्त्यमा काठमाडौँमा हुनेछ ।

Sajilo Visa

प्रकाशित: २२ भाद्र २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार