सुुविसुु क्यान सफ्टेक २०१४ मा विभिन्न कम्पनीको अफर

Technology Khabar २२ भाद्र २०७१, आईतवार

सुुविसुु क्यान सफ्टेक २०१४ मा विभिन्न कम्पनीको अफर

काठमाडौं ।

काठमाडौं, २२ भदौ । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपी मा विभिन्न कम्पनीहरुले फरक फरक आकर्षक अफरहरु ल्याउने भएको छन् । कम्प्युुटर एशोसियसन अफ नेपाल (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिईयो । क्यान सफ्टेक २०१४ मा सुुबिसुु केवल नेटले ग्राहकहरुको लागि विषेश अफरका योजना सहित सफ्टेक प्रस्तुुत हुुंदैछ । जस अन्तर्गत सुुविसुको ईन्टरनेट तथा केवल टी भि जडान गर्न खोज्ने नयां ग्राहकको लागी विषेश छुुटको व्यबस्था गरिएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई विषेश स्कीम सहितको रिम तथा सिम कार्ड लगायतका अफरहरु लिएर आउंदैछ ।

त्यसैगरी ईरासफ्ट सोलुुसनस्ले अनवर स्मार्ट ट्याक्सीले मोबाईलको सहायताले चलाउन सकिने अत्याधुुनिक एप्लिकेसनको निर्माण गरेको छ । ईजोन ईन्टरनेशनलले प्रथम नेपाली Cloud ERP मुुल्य रु (५०,००० देखी ५०,००,०००) सम्ममा उपलव्ध गराउने भएको छ । मिदास एजुुकेशनले प्रदर्शनको अवसर पारेर एन्ड्रोइड ट्याबलेट,मोबाईल तथा ल्यापटप खरीद गर्ने तथा उक्त प्रर्दशनीमा लिएर आउने व्यक्तिहरुलाई निःशुल्क रुपमा रु.४०० बराबरको ई–लर्निङ्ग एप्लिकेशन प्रदान गर्ने भएको छ । अन्य कम्पनीहरुले पनि विभिन्न अफरहरु दिने जानकारी दिईयो ।

सफ्टेकमा १४२ वटा स्टलहरु रहेका छन् । जसमा सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्ग, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यबस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन् भने सेवा सम्बन्धि क्षेत्रमा, ईन्टरनेट सेवा, केबल तथा डिस टेलिभिजन सम्बन्धि सेवा त्यस्तै सोलुुशनको क्षेत्रमा सेक्युुरिटी सोलुुशनस्, वायसलेश सोलुुशनस्, प्रिन्टिङ्गस् सोलुुसनस्, पावर सोलुुसनस्, र विभिन्न एप्लीकेशन सहितका ट्यावलेटहरु संग सम्बन्धित स्टलहरु रहेका छन् । साथै कम्प्यूूटर र सूुचना तथा संचार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस पटक देखि स्मार्ट मोबाइल र ल्यापटप सहितका स्टलहरु थप गरिएका छन् ।

अवलोकनको लागि सर्व साधारणहरु लाई प्रवेश शुुल्क रु ५० र विद्यार्थीहरु लाई रु २५ तोकिएको छ । साथै सर्वसाधारणलाई सूूचना तथा संचार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनीको अनलाईन टिकट खरिदको व्यवस्था मिलाईएको छ । यो सेवा can.org.np मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । प्रविधिको प्रयोगलाई बढावा दिने उद्देश्य अनुुरुप अनलाईन टिकट खरीदमा २० प्रतिशत छुुटको व्यवस्था समेत मिलाइएको छ । त्यसैगरी सुुविसुु क्यान सफटेक २०१४ को टिकट खरीदको व्यवस्था उपत्यकाभरी रहेका ई सेवा जोनहरु बाट पनि ई सेवासंगको सहकार्यबाट गरिएको हो । कलेज तथा स्कुुलका विद्यार्थीहरु सम्बन्धीत कलेज तथा स्कुुलको पत्र सहित आएमा टिकट दरमा विषेश छुुट प्रदान गरिने छ । सामुुदायिक विद्यालयका विद्यार्थाीहरुको सम्बन्धमा स्कुुलको पत्र सहित आएमा निःशुुल्क प्रवेश गराउने व्यवस्था मिलाईएको छ ।

कार्यक्रममा यस क्षेत्रसंग सम्बन्धीत विभिन्न विषयमा सेमिनार कार्यक्रम समेत आयोजना गरिने भएको छ । SQA Enthusiast संगको सहकार्यमा एक दिवसिय “Seminar on web security” विषयक सेमिनार कार्यक्रम गरिने छ । त्यसैगरी Green IT Solutions संगको सहकार्यमा एक दिवसिय Virtualization सम्बन्धि कार्यशाला समेत आयोजना गरिने छ ।

easy care

प्रकाशित: २२ भाद्र २०७१, आईतवार