Technology Khabar १९ भाद्र २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १९ भदौ । अमेरिकी मोबाईल फोन निर्माता कम्पनी एप्पलले भारतमा आफ्नो आईफोन 5S को मूल्य घटाएको छ । कम्पनीले ९ सेप्टेम्बरका दिन सिलिकन भ्यालीमा आफ्नो नयाँ उत्पादनको घोषणा गर्न लागेको समयमा 5S काे मूल्य घटाएको छ ।
कम्पनीले भारतमा आफ्नो आईफोनको स्टक सक्न चाहेको अनुमान गरिएको छ । यहि कारणले कम्पनीले आईफोन ५ एसको मूल्यमा कटौती गरेको हो । यसको लागि कम्पनीले फ्लिपकार्ट, अम्याजन, तथा स्न्यापडीललगायतसँग करार गरेको छ । यी अनलाईन कम्पनीहरुलाई एप्पलले अतिरिक्त मार्जिन दिईरहेको छ । यो मार्जिन डेढदेखि दुई हजार रुपैंयासम्म हुन सक्नेछ । यो मूल्य ग्राहकहरुलाई नै दिनुका अलावा अनलाइन रिटेलर अझै डिस्काउन्ट दिईरहेका छन् । यसले गर्दा ग्राहकहरुलाई निकै डिस्काउन्ट मिलेको छ ।
अनलाइन स्टोरहरुमा १६ जीबीको आईफोन ५एस को मूल्य ३८ हजारदेखि ३९ हजार भारतीय रुपैंयामा उपलब्ध रहेको छ । यस अघि यहि फोन ४६ देखि ४७ हजार रुपैंयामा खरिद गर्न पाइन्थ्यो । बजारमा एप्पललाई लोकप्रिय बनाउनका साथै बचेको स्टक क्लियरेन्स गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
भारतमा एप्पल बिक्रीका हिसावले ६ नम्बरमा छ र त्यससँग २ प्रतिशतको बजार हिस्सा रहेको छ । अक्टूवर २०१३ देखि यो वर्षको अगस्तसम्म कम्पनीले भारतमा दस लाख फोन सेट बिक्री गरेको छ । नेपालमा भने यो फोनकाे अाधिकारीक बिक्रेता नभएको हुँदा नेपाली ग्नाहकहरुले भने खरिद गर्न सक्ने छैनन् । एजेन्सी
प्रकाशित: १९ भाद्र २०७१, बिहीबार