सामसुंगको ग्यालेक्सी नोट ४ सार्वजनिक

Technology Khabar १९ भाद्र २०७१, बिहीबार

सामसुंगको ग्यालेक्सी नोट ४ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १९ भदौ । सामसुंगले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ४ को अफिशियली लन्च गरेको छ । कम्पनीले बर्लिन, बेजींग तथा न्यूयोर्कमा एकै साथ इभेन्ट गरेर आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो इभेन्टलाई Pre IFA को नाम दिईएको थियो ।

यो फ्याबलेटको डिस्प्ले निकै आकर्षक रहेको छ । ५.७ इन्चको QHD सुपर अलुम्ड स्क्रीन रहेको छ । यसको डिस्प्लेको कारण यो फोनले ९० प्रतिशत RGB कलरस्पेस दिने बताईएको छ । यसका साथै प्रयोगकर्तालाई मल्टी विण्डो एक्सपेरियन्स पनि प्रदान गर्नेछ जसको सहयोगमा एउटा स्क्रीनमा नै कयौं विण्डो देखिनेछ ।Samsung-Galaxy-Note-4

यो सीरीजको पहिलो फोन नोट ३ जस्तै नोट ४ लाई पनि फ्ल्याट डिजाइनिंग गरिएको छ । यस फोनको २.५ D ग्लासका साथ बजारमा पठाइने छ । यो ग्लास फोनलाई सुरक्षित गर्न उपयोग गरिएको छ जुन स्क्रयाच रेजिस्टेंट हुनेछ ।

ग्यालेक्सी नोट ४ को तौल १ सय ७६ ग्राम छ भने यसको बडी ८.५ एमएम पातलो छ । यो फोन चार रंगहरु ( ब्ल्याक, ह्वाइट गोल्ड र पिंक) मा उपलब्ध छ । यो फोनको क्यामेरा पहिलेको भन्दा निकै सुधार गरिएको छ । यो फ्याबलेटको रियर क्यामेरा १६ मेगापिक्सल छ जसमा OIS (अप्टिकल इमेज स्टेबिलाइजेशन) पनि छ । त्यसैगरी फ्रन्ट क्यामेरा ३.७ मेगापिक्सलको छ । क्यामेराको लेंश F1.9 छ । साथै यो क्यामेरा मूभेबल छ जसको सहयोगले फ्रन्ट क्यामेरा एंगललाई ७७ डिग्रीबाट बढाएर ९० डिग्री गरिएको छ । नोट ४ को ब्याक साइडमा एक शटर बटन राखिएको छ जसले सिंगल क्लिक फोटो लिन सकिनेछ ।

galaxy-note-4-release-confirmed-fall-2014

कम्पनीले आफ्नो फोनमा वीफी अर्थात वाइड सेल्फी मोड प्रयोग गरिएको छ । जुन क्यामेरा एंगललाई १२० डिग्रीसम्म बढाउन सकिनेछ भने यसको प्रयोगले प्यारानोमा जस्तै तस्विर खिच्न सकिनेछ ।

सामसुंगको यो फोनमा रहेको एस पेनलाई पहिलेको भन्दा निकै राम्रो बनाईएको छ । बजारमा यो फ्याबलेटको दूई भर्सन उपलब्ध हुने छ । एउटा स्न्यानड्रागन ८०५ चिपसेट तथा एलटीइ क्याट ६ कनेक्टिविटीको साथमा एक फोन आउनेछ भने अर्को फोन Exynos ५४३३ चिपसेट तथा LTE Cat ४ कनेक्टिविटीयूक्त हुनेछ । दूवै भर्स एन्ड्रोइड किटक्याट ४.४मा आधारीत हुनेछ । यसका साथै फोनमा नयाँ TouchWiz यूजर इंटरफेस पनि राखिएको छ ।

सामसुंगले यो नयाँँ स्मार्टफोन बजारमा अक्टूबरदेखि मात्र बिक्रीका लागि राख्नेछ तर हालसम्म कम्पनीले यसको बजार मूल्य भने घोषणा गरेको छैन् ।

easy care

प्रकाशित: १९ भाद्र २०७१, बिहीबार