बलिउडका महानायक बच्चनको १ करोड ट्वीटर फलोअर

Technology Khabar १८ भाद्र २०७१, बुधबार

बलिउडका महानायक बच्चनको १ करोड ट्वीटर फलोअर

काठमाडौं ।

काठमाडौं, १८ भदौ । बलिउडका महानायक अमिताभ बच्चन सोशल मीडिया साइटको एक सक्रिय उपयोगकर्ता हुन् । उनले आफ्नो यहि सक्रियताको कारण माइक्रोब्लगिङ साइट ट्वीटरमा एक करोड प्रशंसक जुटाएका छन् । अब उनले यो लक्ष्यलाई दोब्बर गर्नुरहेको बताएका छन् ।

अमिताभले आइतवार ट्वीट गर्दै अंग्रेजीमा लेखेका छन्, १ करोड ट्वीटर पुगेकोमा आश्चार्य भएपनि सबै फलोकर्तालाई धन्यवाद दिँदै अघिल्लो लक्ष्य २ करोड भएको उल्लेख गरे ।
७१ वर्ष पुगेको अभिनेता बच्चनलाई ट्वीटरमा व्यक्तिहरुले सबैभन्दा फलो गर्ने गरेका छन् । बच्चन आफ्ना प्रशंसकहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रिय महत्वका मुद्धा, आफ्ना निजी तथा व्यवसायीक जिन्दगीसँग जोडिएका क्षणहरुको बारेमा निरन्तर ट्वीटरको माध्यमबाट जानकारी दिने गर्दछन् ।

बच्चनले प्रशंसकहरुको ट्वीटलाई आफैं जवाफ दिएर उनिहरुसँग जोडिएका छन् । उनले अहिलेसम्म ३३ हजार भन्दा बढि ट्वीट गरिरकेका छन् ।

easy care

प्रकाशित: १८ भाद्र २०७१, बुधबार