जिओमी Redmi 1S फोन ४ सेकेण्डमा ४० हजार सेट बिक्यो

Technology Khabar १८ भाद्र २०७१, बुधबार

जिओमी Redmi 1S फोन ४ सेकेण्डमा ४० हजार सेट बिक्यो

काठमाडौं ।

काठमाडौं, १८ भदौ । चीनियाँ कम्पनी जिओमीको नयाँ स्मार्टफोन Xiaomi Redmi 1S को भारतीय उपभोक्ताहरुमा निकै आक्रामक माग आइरहेको छ । कम्पनीले मंगलवार अनलाइनमा बिक्रीको लागी राख्दा यो फोन ४.२ सेकेन्डमा नै ४०,००० सेट बिक्री भएको छ । भारतमा यो स्मार्टफोनको मूल्य ५ हजार ९९९ रुपैंया रहेको थियो तथा मंगलवार कम्पनीले यसलाई बिक्री गर्न फ्लिपकार्टको माध्यमबाट जारी गरेको थियो । यो फोन खरिद गर्न कुल अढाई लाख खरिदकर्ताहरुले आफ्नो नाम दर्ता गरेका थिए ।

1यो ड्यूअल सिम फोनको स्क्रीन ४.७ इन्चको रहेको छ तथा यसको डिस्प्ले ७२० आईपीएस छ । यसको आकार आयातकार रहेको छ । यो फोनको रियर क्यामेरा ८ मेगापिक्सेल छ भने त्यसको साथमा एलईडी फ्लाश पनि रहेको छ । यो फोनले कम उज्यालोमा पनि निकै राम्रो फोटो खिच्न सक्ने बताईएको छ । यसको फ्रन्ट क्यामेरा १.७ मेगापिक्सेलको छ । यो फोनले राम्रो भीडियो पनि खिच्न सकिन्छ ।

यसमा २००० एमएएचको ब्याट्रि राखिएको छ । यो एन्ड्रोइड ४.३ फोन हो भने MIUI सफ्टवेयरको माध्यमबाट संचालन हुन्छ । यसको प्रोशेसर १.६ जिएचजेड क्वालकम स्न्यापड्रागन ४०० क्वाडकोर हो । यसको र्याम १ जीबीको छ भने यसमा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ । 3

यसको साथमा यसमा माइक्रो एसडी स्लट पनि छ जसमा ६४ जीबीसम्मको कार्ड राख्न सकिन्छ । विन्डोज फोनमा भएजस्तो यसमा एक लाइट मोड पनि छ जसले स्क्रीनको आइकन हेर्न सजिलो हुन्छ । एजेन्सी

फीचर्स-
* 4.7 इंच को स्क्रीन

* 720×1280 पिक्सलको रेजोल्यूशन

* 16 मिलियन कलर डिस्प्ले

* 1.6 GHz को क्वाड-कोर प्रोसेसर

* 1 GB र्याम

* 8 GB इंटरनल स्टोरेज

* 64 GB सम्मको मेमोरी बढ़ाउने सुविधा

* 8 मेगापिक्सल रियर क्यामेरा

* 1.6 मेगापिक्सल फ्रंट क्यामेरा

* एंड्रोइड 4.3 जेलीबीन ऑपरेटिंग सिस्टम

* 2000 mAh ब्याट्री

easy care

प्रकाशित: १८ भाद्र २०७१, बुधबार