Technology Khabar १७ भाद्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १७ भदौ । स्मार्टफोन बजारमा आफ्नो पकड मजबूत बनाएपछि भारतीय माइक्रोम्याक्सले ट्यावलेट बजारमा ठूलो उपलब्धि हासिल गरेको छ । ट्याबलेट बिक्रीको मामलामा माइक्रोम्याक्सले विश्वप्रशिद्ध कम्पनि एप्पललाई पनि पछाडी पारेको छ ।
इन्टरनेशनल डाटा कर्पोरेसन (आइडीसी) को तर्फबाट सोमबार जारी गरिएको आँकडा अनुसार सन् २०१४ को अप्रिल–जुनमा भारतीय टेयाब्लेट बजारमा १४ प्रतिशतको बजार हिस्सासँगै एप्पललाई पछि धकेल्दै माइक्रोम्याक्स दोस्रो स्थानमा आइपुगेको छ । एप्पल ९ प्रतिशतको बजार हिस्साका साथ समग्र भारतीय बजारमा तेस्रो स्थानमा छ भने सामसुग १९ प्रतिशत बजार हिस्साका साथ भारतीय ट्याबलेट बजारमा शीर्ष स्थानमा रहन सफल भएको छ ।
एप्पललाई पछारेर अगाडि बढ्नु माइक्रोम्याक्सको सफलताको नयाँ कडि हो । तर भारतीय बजारमा एप्पलको बिक्रीमा आएको कमीका कारण नै ट्याबलेट बिक्रीमा तेस्रो स्थानमा पुगेको हो ।
भारतीय बजारमा सामसुङ नम्बर एकमा रहेको छ । बजारमा सामसुङको १० ट्याबलेट मोडल रहेको छ भने माइक्रोम्याक्सले ४ वटा मोडल बजारमा ल्याएको छ । तर एप्पलले भने २ ट्याबलेट मोडल मात्र बजारमा ल्याएको छ ।एजेन्सी
प्रकाशित: १७ भाद्र २०७१, मंगलवार