Technology Khabar १७ भाद्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १७ भदौ । पञ्चकन्या समूहले आफ्नो ४२औं वार्षिकोत्सव यही २०७१ भाद्र १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा देशका विभिन्न भागमा गएको बाढी–पहिरो पीडितहरुलाई राहत स्वरुप नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीलाई संचालक तथा कर्मचारीहरुको पारिश्रमिकबाट संकलित रकम रु.२,५१,००० को चेक समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले हस्तान्तरण गरे ।
कार्यक्रममा समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, निर्देशक उदीप श्रेष्ठले पञ्चकन्याले हालसम्म प्राप्त गरेका सफलता, भावी नीति तथा कार्यक्रम र नयाँ उत्पादन तथा उद्योग सञ्चालन गर्न आइपरेका कठिनाईहरु बारेमा आफ्ना विचार व्यक्त गरेका थिए । त्यसैगरी राम्रो कार्य गर्न सफल स्टील, प्लाष्टिक र एस.एस वाटर ट्याङ्कका डिलरहरुलाई सम्मानित गरिएको थियो । उत्कृष्ठ कर्मचारी तथा डिलरहरुलाई उपहार तथा प्रसंशा–पत्रबाट सम्मानित गरिएको थियो ।
प्रकाशित: १७ भाद्र २०७१, मंगलवार