दशैं र तिहारलाई रनको नयाँ मोडलका जुत्ता

Technology Khabar १७ भाद्र २०७१, मंगलवार

दशैं र तिहारलाई रनको नयाँ मोडलका जुत्ता

काठमाडौं ।

काठमाडौं, १७ भदौ । रन सुजले नेपालीहरुको महान् चाड बडादशै र तिहारको अवसर पारेर २० मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडोयामलाई लक्षित गरि बनाइएको छ । नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ । विशेष गरि रन ब्राण्डको बुट युवाहरुलाई लक्षित गरि बनाइएको हो ।

नयाँ बुट युवाहरु माझ लामो समयको अनुसन्धान पश्चात तयार गरिएको कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । अनुसन्धानको क्रममा उनिहरुको चाहना र सुझावलाई ध्यानमा राखी बुट तयार गरिएकोले बजारमा पाईने अन्य बुट भन्दा अत्यन्तै आकर्षक र पृथक डिजाईनको रहेको बताईएको छ । नयाँ मोडलका जुत्ताहरुमा बजारमा पाईने अन्य जुत्ता भन्दा उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरि बनाईएको हुँदा लामो समयसम्म टिक्ने एवं हलुका रहेको कम्पनीको दाबी छ ।

रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ३३० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, चप्पल उत्पादन गर्दै आएको छ ।

उद्योगले यसै वर्षको शुरुवात देखि सेना, प्रहरी तथा अन्य क्षेत्रका सुरक्षाकर्मीहरुले प्रयोग गर्ने डिएमएस बुट दैनिक ७०० जोर उत्पादन गर्दै आएको छ । यी सबै मोडल र डिजाईनका जुत्ता तथा चप्पलहरु देशभरका आउटलेटहरुमा उपलब्ध गराउदै आएको छ । हाल रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ६७ जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ ।

कम्पनीले अन्तराष्ट्रिय स्तरको गुणस्तर मापदण्डको आधारमा दिईने आइ. एस. ओ. ९००१:२००८ अवार्ड समेत प्राप्त गरिसकेको जनाएको छ । कम्पनीले यसै महिना देखि ठूलो परिमाण क्षमता भएको पी.यू. का जुत्ता तथा चप्पल उत्पादन गर्ने पी.यू. प्लान्ट स्थापना गरि उत्पादन गर्ने भएको छ ।

easy care

प्रकाशित: १७ भाद्र २०७१, मंगलवार

ताजा समाचार