लावाको सेल्फी स्मार्टफोन ‘ Iris X5’ भारतमा सार्वजनिक

Technology Khabar १६ भाद्र २०७१, सोमबार

लावाको सेल्फी स्मार्टफोन ‘ Iris X5’ भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १६ भदौ । स्मार्टफोनको संसारमा सेल्फी ट्रेन्डलाई समाउने उदेश्यका साथ भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले सोमबार आफ्नो नयाँ फोन ल्याएको छ । सेल्फीको सौखिनहरुको लागि कम्पनीले Iris X5 लिएर बजारमा आएको छ । यस फोनको विशेषतामा यसको ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । जुन वाइड एंगल लेंस तथा एलइडी फ्लाशयुक्त रहेको छ । यसको मद्धतले कम उज्यालोमा पनि निकै राम्रो सेल्फी लिन सकिने बताइएकोछ । यो फोनको बजार मूल्य ८ हजार ६ सय ४९ भारतीय रुपैंया रहेको छ ।

लावा आइरिस एक्स ५ एक ड्यूअल सिम एन्ड्रोइडमा आधारीत फोन हो । राम्रो प्रोसेसिङको लागि फोनमा १.२ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जीबीको र्याम राखिएको छ । यसमा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ जसमा ३२ जीबीसम्म बढाउन सकिन्छ । ५ इन्चको स्क्रीनसहितको यो फोनमा २१०० एमएएचको ब्याट्रि राखिएको छ ।

यो फोन बिक्रीको लागि अम्याजनको रिटेल वेवसाइटमा उपलब्ध रहेको छ । नेपालमा भने हाल यो स्मार्टफोन उपलब्ध छैन् ।

लावा Iris X5 को पूरा विवरण:
स्क्रीन- 5 इंच (1280×720 px)
एंड्रोयड-किटक्याट 4.4.2
प्रोसेसर- 1.2 Ghz quad core
र्याम- 1 GB
मेमोरी- 8 GB इंटरनल (32 GB सम्म बढाउन सकिने)
रीयर क्यामेरा-8 MP auto focus, BSI सेंसर, ड्यूअल फ्ल्याश
फ्रंट क्यामेरा- 5 MP (LED फ्ल्याश)
कनेक्टि‍विटी- 3G, वाई-फाई, GPS, ब्लूटूथ
ब्याट्री- 2100 mAh
मूल्य- 8,649 भारतीय रुपैयाँ

easy care

प्रकाशित: १६ भाद्र २०७१, सोमबार