सुपारी निकासी सिफारिश नियम सम्मत: एफएनसीसीआई

Technology Khabar १६ भाद्र २०७१, सोमबार

सुपारी निकासी सिफारिश नियम सम्मत: एफएनसीसीआई

काठमाडौं ।

काठमाडौं, १६ भदौ । सुपारी निर्यातका लागि नियमसम्मत रुपमा सिफारिश गरिएको नेपाल उद्योग बाणिज्य महासंघले स्पष्ट पारेको छ । महासंघले सोमबार सचिवालयमा पत्रकार सम्मेलन गरी नेपालमा उत्पादित सुपारीमात्र नेपाल सरकारको नियम अनुसार निकासीका लागि सिफारिश गरिंदै आएको प्रष्ट्याएको हो । केही दिन यता पदाधिकारी एवं सचिवालयलाई मुछेर गलत किसिमका विज्ञप्ती र समाचारहरु आइरहेको भन्दै महासंघले उक्त खबरहरुको खण्डन गरेको हो ।

नेपालबाट झण्डै १० बर्ष देखि सुपारीको निकासी हुँदै आएको हो । महासंघले २०६० साल देखि झापाको नेपाल सुपारी खेती विकास संस्थाको सिफारिशमा आफ्ना सदस्य संघलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न निर्देशन दिने गरेको छ । अध्यक्ष प्रदीप जंग पाण्डेले महासंघले नेपालमा उत्पादन भै विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था सम्बन्धी कार्यविधि २०६८ अनुसार नै यहाँ उत्पादित भएका सुपारी मात्र निर्यात हुने गरी सिफारिशको व्यवस्था मिलाउँदै आएको दाबी गरे ।

महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले सुपारी निकासीका लागि महासंघमा निवेदन दिने कतिपय नयाँ संस्थाहरु दर्ता नभएका र कतिपय भर्खरै दर्ता भएको उल्लेख गरे । भखैरै दर्ता भएका संस्थाहरुले तत्कालै यहीं सुपारी उत्पादन गर्ने सम्भावना नभएकाले आश्वस्त हुन नसकी सिफारिशका लागि अनुमति दिन नसकिएको प्रष्ट्याए । यस सम्बन्धमा कुनै पनि सत्यतथ्य बुझाउन महासंघ तयार रहेको पनि उनले जानकारी गराए ।

Sajilo Visa

प्रकाशित: १६ भाद्र २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार