क्यान-युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित

Technology Khabar १६ भाद्र २०७१, सोमबार

क्यान-युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित

काठमाडौं ।

काठमाडौं, १६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित भएका छन्। दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वमा १९ सदस्यिय कार्यसमिति निर्विरोध विजयी भएको हो। नव निर्वाचित उपाध्यक्षद्वयमा नवीनआचार्य र सुशील सुवेदी चुनिएका छन्। त्यस्तै महासचिव र कोषाध्यक्षमा क्रमशः हिरा डंगोल र पुष्कर भण्डारी चयन भएका छन्।

कार्यसमिति सदस्यहरुमा निली श्रेष्ठ, जगदीश पाण्डे, सामना घिमिरे, सचिन महर्जन, विक्रम शर्मा, दुर्गाप्रसाद भुर्तेल र हरिहर दाहाल रहेका छन् भने टोपराज गुरुङ, क्षितीज थपलिया, राज गुरुङ, मन्दिप गुरागाई, प्रभात अधिकारी,प्रमोद पौडेलर सुरेशप्रसाद ओझा पनि सदस्यमा निर्वाचित भएका छन्। कार्यसमितिको सदस्यहरुमा पूर्ब अध्यक्षहरु आमोद पोखरेल, नवीन खनाल र विनीत शर्मा पदेन सदस्य रहनेछन्।

नवनिर्वाचित अध्यक्ष खनाल हाल कम्प्युटर चिप्सनिर्माता कम्पनी इन्टेलमा कार्यरत छन्। इन्टेलमा सन् २००८ देखि कार्यरत उनीत्यहाँ सिनियर डिजाइन इन्जिनियर पदमा कार्यरत छन्। युनिभर्सिटी अफ टेक्सास अस्टिनबाटइलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह पुरा गरेका उनीकाठमाडौंस्थित सेन्ट जेभियर कलेजबाट १२ कक्षा उत्तिर्ण गरेपछि स्नातकअध्ययनको लागि अमेरिका गएका हुन् ।

क्यान युएसएमा महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका खनालले आगामी दुई बर्षमा क्यान युएसएकोसंगठन विस्तार र व्यवसायीक व्यक्तिहरुलाई एकजुट गराएर नेपालको हितमा केहीउपलव्धिमुलक काम गर्ने अठोट लिएको बताए ।

क्यान युएसएमा अमेरिकाका बिभिन्न राज्यमा रहेका सूचना प्रविधिसँग निकट रहेका झण्डै तीनसय सदस्यहरु छन्। सेतोपाटीबाट

easy care

प्रकाशित: १६ भाद्र २०७१, सोमबार