नेपाल टेलिकमले २० लाख जीएसएम लाईन थप्ने

Technology Khabar १६ भाद्र २०७१, सोमबार

नेपाल टेलिकमले २० लाख जीएसएम लाईन थप्ने

काठमाडौं ।

काठमाडौं, १६ भदौ। नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७१/७२ भित्र २२ लाख ५८ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । कम्पनीले २० लाख जीएसएम, २ लाख सीडीएमए मोबाइल, २५ हजार साधारण टेलिफोन र ३२ हजार लाइन एडीएसएल वितरणगर्ने जनाएको छ । चालू आवमा टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणकालागि १८ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

देशभर कम्पनीको सेवा विस्तार गर्नेलक्ष्यसहित सो सङ्ख्याबराबरको टेलिफोन लाइन थप गरिने कम्पनीले जानकारी दिएको हो । कम्पनीले आइतवार सार्वजनिक गरेको चालू आवको वार्षिक कार्यक्रममा मोबाइलसेवामा ग्राहकको रुचि बढ्दै गएकाले लाइन विस्तार प्राथमिकतामा रहेको कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । मोबाइलमार्फत थ्रीजी चलाउनेको सङ्ख्या बढ्दै गएकाले यसको विस्तारमा कम्पनी लागिपरेको उनले जानकारी दिए ।उनले लक्ष्यअनुसार थप बीटीएस जडान गरी सेवा विस्तारलाई तीव्रता दिइने बताए । नारायणी र जनकपुर अञ्चलका तराईका जिल्लामा रहेका पुराना उपकरणलाई थप क्षमतायुक्त नयाँ उपकरणमार्फत प्रतिस्थापन गरिने चालू आवको कार्यक्रममा छ ।

त्यसैगरी चालूआवका योजना तथा सेवा विस्तारका लागि कम्पनीले १८ अर्ब रुपैयाँको पूँजीगत लगानी गर्ने जानकारी दिएको छ । कम्पनीको खर्च कम गर्दै व्यावसायिक रूपमाबजारमा प्रतिस्पर्धा गर्ने प्रबन्ध निर्देशक आचार्यको भनाइ छ । त्यस्तैआगामी अक्टोबरदेखि जीएसएम सेवाको बिलिङ प्रणालीलाई सुधार गर्ने काम शुरू भइसकेको उनले जानकारी दिए ।

चालू आवमै ७५ ओटै जिल्लाका ग्रामीण क्षेत्रमा आईपी सीडीएमए सञ्चालनमा ल्याउने वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ । ल्याण्डलाइनमार्फत नै इण्टरनेट सेवा उपलब्ध गराउने तयारी भइरहेको आचार्यले जानकारी दिए । चालू आवमा एडीएसएलको ३२ हजार २ सयलाइन वितरण गर्ने पनि कम्पनीको योजना छ ।

कम्पनीले ग्राहकको मागलाई सम्बोधनगर्न ‘कष्टमर कण्ट्याक्ट सेण्टर’ तथा प्रमुख शहरहरूमा ‘कष्टमर एक्सपेरियन्स सेण्टर’ यस वर्ष सञ्चालनमा ल्याउने भएको छ । डाटाको प्रयोगबढ्दै गएको सन्दर्भमा आगामी दिनमा यसलाई प्राथमिकतामा राखेर वायरलाइन/वायरलेश ब्रोडब्याण्ड सेवा प्रवद्र्धन गरिने आचार्यले बताए । ‘अहिले कम्पनीको प्राथमिकता भनेकै डाटा सेवाको विस्तार हो,’ उनले भने, ‘विभिन्न संस्करणका गुणस्तरीय डाटा प्याकेजमा यो वर्ष हाम्रो ध्यानकेन्द्रित रहनेछ ।’ डेटा सेवाको बढ्दो मागलाई सम्बोधन गर्न आईपी सीडीएमएमोबाइल सेवाको सेट तथा डेटा कार्ड निर्माता कम्पनीसँग सहकार्य गरी कम्पनीले ईभीडीओ चल्ने ‘आईपी सीडीएमए सेट’सँग बन्डलिङ गरी सेवाको बिक्री वितरणगर्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।

सोही योजनाअनुसार ७५ ओटै जिल्लामा वाईम्याक्स प्रविधिमार्फत हटस्पट स्थापना गरेर वाईफाई सेवा वितरण गर्ने कम्पनीको योजना छ ।  उच्च क्षमताको फाइबर टु दि होम (एफटीटीएच) सेवा काठमाडौं तथा मुलुकका प्रमुख शहरमा छिट्टै शुरू गर्ने गरी कम्पनीले काम अघि बढाएको छ ।

टेलिकमले उच्च क्षमताकोडेटा सेवा विस्तार गर्ने फाइबर टु होम (एफटीटीएच) सेवा जडान गर्नेयोजनाअनुरुप काठमाडौंको दरबारमार्ग र काठमाडौं प्लाजामा यो सेवा सञ्चालनगर्दैछ । यसमा भ्वाइस र डेटा सेवा उपलब्ध हुनेछ । असार मसान्तसम्ममाकम्पनीका टेलिफोन ग्राहक आधारभूततर्फ१ करोड ९ लाख र इन्टरनेट ग्राहक ४७लाख छन् । गत आवमा कम्पनीले १७ लाख २८ हजार ग्राहक बढाएको थियो । तस्विरः बिजमाण्डु

Sajilo Visa

प्रकाशित: १६ भाद्र २०७१, सोमबार

तपाइको प्रतिक्रिया