Technology Khabar १५ भाद्र २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १५ भदौ । हलिउड अभिनेता ब्राड पिट र एन्जेलिना जोलीले विवाह गरेका छन् । दुवै नौ बर्षदेखि सँगै रहदै आएका थिए । फ्रान्समा विवाह बन्धनमा बाधिनु पुर्व दुवैले क्यालिफोर्नियाका जजसँग विवाहको लागिस्वीकृति लिएका थिए । यी जजले नै दुवैको विवाह फ्रान्समा गराएका हुन् ।
ब्राड पिट र एन्जेलिना जोलीले फ्रान्सको सानोगाउँ कोरेन्समन एक सामान्य समारोहमा विवाह गरेका हुन् । ब्रेन्जलीनाको प्रवक्ताका अनुसार दुवैको विवाह गाउँको मिरावल महलमा रहेको गिर्जाघरमा भएकोहो । यस अवसरमा दुवैको नातेदार तथा साथीभाई उपस्थित थिए । यस विवाहमा ब्रेन्जलीनामा वालवालिका पनि उपस्थित रहेका थिए । दुवैको छ जना बालवालिका रहेका छन् ।
सातबर्ष सँगै रहे पछि सन् २०१२ मा दुवैको इन्गेजमेन्ट भएको थियो । ब्राडपिटको एन्जेलिना जोलीसँग दोस्रो विवाह हो । सन् २००० मा उनले जेनिफर एनिस्टनसँग विवाह गरेका थिए तर यो सम्बन्ध पाँच बर्ष मात्र रह्यो । जोलीको यो भन्दा पहिला ब्रिटिश अभिनेता जोनी ली मिलरसँग ९० को दशकमा विवाह भएको थियो । त्यस पछि बिल्ली बब थोर्नटनसँग भयो जुन सम्बन्ध तिन बर्षसम्म मात्र कायम रह्यो । सन् २००३ मा बबसँग उनको सम्बन्ध विछोड भयो । ब्रेन्जलीनाको जम्मा छ बच्चा छन् । जसमध्ये तीन बच्चा अनाथ हुन् । एजेन्सी
प्रकाशित: १५ भाद्र २०७१, आईतवार