चीनमा विडोंज लाइभ म्यासेन्जर बन्द हुँदै

Technology Khabar १५ भाद्र २०७१, आईतवार

चीनमा विडोंज लाइभ म्यासेन्जर बन्द हुँदै

काठमाडौं ।

काठमाडौं, १५ भदौ ।चीनमा माइक्रोसफ़्टको विडोंज लाइभ म्यासेन्जर (एमएसएन म्यासेन्जर) सेवा अक्टोबर महिनाबाट बन्द हुने भएको छ । चीनमा पछिल्लो १५ वर्षदेखि सेवा दिइरहेकोमाइक्रोसफ्ट कम्पनीले विन्डोज लाइभ म्यासेन्जर अक्टोबर महिनादेखि बन्दगरिने भन्दै प्रयोगकर्ताहरुलाई इमेल पठाएको छ ।

सन् १९९९ देखि एमएसएन म्यासेन्जर सेवा शुरुगरेको माइक्रोसफ्टले आफ्नो प्रतिद्वन्द्वी स्काइप किनेपछि म्यासेन्जर सेवाअधिकांश प्रयोगकर्ताहरुका लागि बन्द गर्दै गएको छ । चिनियाँ एमएसएन म्यासेन्जर प्रयोगकर्ताहरुलाई ३१ अक्टोबर सम्ममा स्काइपमा स्थानान्तरित गरिने माइक्रोसफ्टले जनाएको छ ।

चीनमा सन् २००९ सम्म ३३ करोड प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गरिरहेका थिएभने २०१२ सम्ममा उक्त संख्यामा उल्लेख्यमात्रामा कमी आई स्काइपप्रयोगकर्ताको संख्या ३० करोड पुगेको छ।

एमएसएन म्यासेन्जरको शुरुवात ‘टेक्स्टच्याटिङ’ सेवाबाट शुरु हुँदै प्रविधिको विकाससँगै फोटो पठाउने, भिडियो कल गर्ने र गेम्स खेल्नेसुविधासम्म रहेको थियो । सन् २०१२ मा माइक्रोसफ्टले करिब ८.५ अर्ब डलरमास्काइप किनेर म्यासेन्जर बन्द गर्ने शुरुवाती संकेत दिएको थियो । साभारः बीबीसी

Global Bank
easy care

प्रकाशित: १५ भाद्र २०७१, आईतवार

ताजा समाचार