ब्लाकबेरीको निकै अनौठो पासपोर्टजस्तो स्मार्टफोन

Technology Khabar १४ भाद्र २०७१, शनिबार

ब्लाकबेरीको निकै अनौठो पासपोर्टजस्तो स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १४ भदौ । क्यानाडाको स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन अक्टाेबरमा सार्वजनिक गर्न गइरहेको छ । कम्पनीले यसको बारेमा सामान्य जानकारी दिएपनि चेक रिपब्लिकको एक वेवसाइटले ब्लाकबेरीको नयाँ फोनको बारेमा निकै जानकारी दिएको छ । सूचना प्रविधि र मोबाइल सम्बन्धि जानकारी दिने चेक वेवसाइट Mobilenet.cz का अनुसार यो फोन पासपोर्टको आकारमा बजारमा आउने छ । ब्लाकबेरी कम्पनीले अहिलेसम्म यसको नाम ‘विंडरमीयर’ भनेर उल्लेख गरेको छ ।

22

यो फोन हेर्दा निकै आकर्षक हुनेछ भने त्यसमा कयौं नयाँ फीचरहरु राखिएका छन् । कम्पनीले अहिलेसम्म यसको बारेमा अधिक नभनेपनि यो ४.५ इंचको स्क्रीन भएको फोन हो जसको रिजोल्यूशन १४४० x १४४० पिक्सेल हुनेछ । यसको डिस्प्लेमा गोरिल्ला ग्लास ३ प्रोटेक्शन हुनेछ । यो फोन अक्टूबरमा विश्व बजारमा सार्वजनिक गरिनेछ र यसको बजार मूल्य करिब ७३६०० नेपाली रुपैंया हुने अनुमान गरिएको छ ।

33

उक्त वेवसाइटका अनुसार यो क्वाडकोर २.२ जीएचजेड क्वालकम स्न्यापड्रागन ८०० प्रोशेसरयुक्त हुनेछ । यसको र्याम ३ जीबीको हुनेछ । यो फोनको इन्टरनल स्टोर ३२ जीबीको छ भने यसमा माइक्रो एसडी कार्ड पनि राख्न सकिनेछ । यसमा १३ एमपीको अटोफोकस रियर क्यामेरा हुनेछ जसमा एलइडी फ्लास पनि हुने बताईएको छ । यसको क्यामेराले फुल एचडी भीडियो रफ्तारमा बनाउन सक्नेछ । यो ९.३ मिलीमीटर मोटाइको हुने र यसको तौल १सय ९५ ग्राम हुनेछ।

यसमा ब्लाकबेरीको आफ्नै अपरेटिङ सिष्टम ब्लाकबेरी ओएस १० को प्रयोग गरिएको छ भने हटस्पष्ट र एलटीई समेत रहेको छ । यसलाई बनाउन यस्तो सामाग्रीको प्रयोग गरिएको जसले यो फोन हातबाट चिप्लिन नसक्ने बनाईएको छ । यसमा ३४५० एमएएचको निकै शक्तिशाली ब्याट्रिको प्रयोग गरिएको छ भने यसको कीप्याड विशेष किसिमको हुने बताईएको छ ।

easy care

प्रकाशित: १४ भाद्र २०७१, शनिबार