आइफोन ६ सेप्टेम्बर ९ मा सार्वजनिक हुने

Technology Khabar १३ भाद्र २०७१, शुक्रबार

आइफोन ६ सेप्टेम्बर ९ मा  सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौँ, १३ भदौ । एप्पलले सेप्टेम्बर ९ मा आइफोन ६ सार्वजनिक गर्ने भएको छ। यस अघि नै आइफोनको नयाँ उत्पादन सेप्टेम्बर महिनामा सार्वजनिक हुने जानकारी विभिन्न वेबसाइटमा आइसकेको थियो। अब कम्पनीले ९ सेप्टेम्बरमा क्यालिफोर्नियाको फ्लिंट सेंटरमा एक समरोह आयोजना गर्ने घोषणा गरेको छ । यसको लागि कम्पनिले सिमित व्यक्तिहरुलाई निमन्त्रणा पठाएकोछ ।

एप्पलको नयाँ उत्पादनको बारेमा निकै चर्चा भईरहेको छ र क किसीमका फोटो र जानकारी लीक गरेको दावी पनि गरीएको छ । लीक इमेजद्धारा थाहा हुन्छकी कम्पनीले ४.७ इंच र ५.५इंचको दूई फोन सार्वजनिक गर्न लागेकोछ । यो फोन नयाँ पीढ़ीको हुनेछ भने पहिलेको भन्दा पातलो हुने र यसकफ किनारा गोलाकार हुने बताइएकोछ ।सार्वजनिक तस्बिरका अनुसार उपलब्ध आइफोनको नाम आइफोन ६ रहनेछ ।

यसका साथै नयाँ आईफोनमा हेल्थसँग जोडिएको ऐप, 13 मेगापिक्सेल क्यामेरा, सोलर चार्जिंग, स्क्रयाच रेसिस्टिंग सैफायर स्क्रीन तथा कयौ‌ राम्रो वाई-फाई हुने बताइएकोछ ।

विभिन्न वेवसाईटका अनुसार कम्पनीले पहिलो वियरेब्ल पनि सार्वजनिक गर्न लागेकोछ । यो घड़ीजस्तै मोबाइल उपकरण हुनेछ जसलाई आईवाचको नाम दिदैँ आईएकोछ।

Global Bank
easy care

प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार

ताजा समाचार