Technology Khabar १३ भाद्र २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौँ, १३ भदौ । एनसेलले आफ्ना ग्राहकलाई प्रदानगर्दै आएको निःशुल्क टि्वटर अफरको समयावधि तीन महिना थप गरेको छ।
एनसेलले जेठ १३ बाट लागू गरेको निःशुल्क टि्वटर योजनाको अवधि भदौ १० गतेसकिँदै थियो। गत मंगलबार गरेको म्याद थपसँगै एनसेलका ग्राहकले लोकप्रियमाइक्रो–ब्लगिङ्ग सञ्जाल टि्वटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्नेछन्।
योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइलसेटबाट m.twitter.com तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्कटि्वट गर्न, अरुको टि्वट पढ्न, अरुलाई फलो गर्न तथा आफ्ना फलोवरहरुलाईसन्देश पठाउन सक्नेछन् । ओपेरा मिनीब्राउजर भर्सन ४.४ वा सो भन्दा माथिल्लोभर्सन चलाउने ग्राहकले पनि निःशुल्क टि्वटर चलाउन पाउनेछन् ।
निःशुल्क टि्वटरको अफर नयाँ एनसेल प्रयोगकर्तालाई पनि लागू हने र सुविधा वापत कुनै सेवा शुल्क नलाग्ने एनसेलले जनाएको छ।
“आफ्ना ग्राहकको माग तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कदर गर्दै हामीलेटि्वटर जिरो अफरको समयावधि थपेका हौं।”एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जुकोइरालाले भनिन्।
यो अफरले टि्वटरमा रहेको वाह्य लिंकलाई भने समेट्दैन। अर्थात, टि्वटरमारहेको वाह्य लिंक क्लिक गरि अन्य साईट हेर्दा नियमित शुल्क लाग्नेछ। मोवाइलप्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने सूचनाप्राप्त गर्ने र त्यसलाई स्वीकार गरेमा मात्र ति साईटहरु खुल्नेछन्।
प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार