Technology Khabar १२ भाद्र २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १२ भदौ । सामसुङले विश्वको सबैभन्दा पातलो स्मार्टक्यामेरा NX भारतमा सार्वजनिक गरेको छ । यो स्लिम क्यामेराको विशेषता यो हो की यसको लेंस परिवर्तन गर्न सकिन्छ । क्यामेरामा २० मेगापिक्सेल बीएसआई-सीएमओएस सेंसर छ जसले कम उज्यालोमा पनि सफा तस्वीरहरु खिच्न सक्दछ ।
एनएक्स मिनीमा एनएफसी तथा वाईफाई पनि रहेको छ । यसको लागि सामसुङले दुईवटा लेन्सपनि बजारमा ल्याएको छ । यी लेन्सहरु हेर्दा छोटो र हलुका रहेको छ तरपनि यसको पिक्चर क्वालिटी निकै राम्रो रहेको छ । यसमा ३ इंचको एलसीडी फिल्प अप टच प्यानेल रहेको छ । यस प्यानेल १८० डिग्रीसम्म घुम्न सक्दछ, जसका कारण सेल्फी लिन पनि सहज हुनेछ ।
यसको कयौं अन्य फीचर पनि छ, यसले ३० फ्रेम प्रति सेकेण्डको गतिमा १०८०पी फुल भीडियो रेकर्डिङ, क्वीक सट, प्रति सेकेण्ड ६ फ्रेम लिने किसिमको कन्टिनुअस सट मोड, अटो ब्याकअप, ग्रुप शेयर, फोटो बीम रहेका छन् । कम्पनीले शुरुवाती भारतीय ग्राहकहरुको लागि भारतीय १९९९ रुपैंयाको एक ब्याकप्याक पनि दिइरहेको छ । यो अनलाइन रिटेलर अम्याजनमा उपलब्ध रहेको छ ।
सामसुङको स्मार्टक्यामेरा NX मिनि नेपालमा कहिले उपलब्ध हुन्छ भने जानकारी कम्पनीले दिएको छैन् ।
SAMSUNG-NX MINI को विशेषता
लेन्स- NX-M 9मिमी F3 ED, NX-M9-27 मिमी F3.5-5.6 ED OIs
तौल- 196 ग्राम
क्यामेरा- 20 मेगापिक्सेल
मोटाई- 22.5 mm lcd फिलअप टच प्यानल
रिजोल्यूशन- 320×480
ब्याट्री- 2330 एमएच
मूल्य- 9 mm- 22,990 भारतीय रुपैयाँ
9.27 mm- 27,490 भारतीय रुपैयाँ
मेमोरी-16 जीबी
प्रकाशित: १२ भाद्र २०७१, बिहीबार