स्मार्ट टेलिकमको रु ९९ मा दूई सिम कार्ड

Technology Khabar १० भाद्र २०७१, मंगलवार

स्मार्ट टेलिकमको रु ९९ मा दूई सिम कार्ड

काठमाडौं ।

काठमाडौं, १० भदौ । विगत सात बर्ष देखि दूरसंचारका सेवा प्रदान गरिरहेको स्मार्ट टेलिकमले ग्राहकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने हेतु ‘साथसाथ’ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत स्मार्ट ग्राहकले मात्र रु. ९९ मा दूई वटा सिम कार्ड प्राप्त गर्नेछन् जसमा रु. २५ को व्यालेन्स पनि उपलब्ध गराईएको छ । यस साथसाथ सेवा अन्तर्गत प्राप्त सिम कार्ड बीचमा मात्र कुराकानी गर्दा प्रति मिनेट २५ पैसा मात्र पर्ने कम्पनिले जनाएको छ ।

हरेक रु १०० को रिचार्जमा स्मार्ट नेटवर्क भित्र थप रु. १०० बराबरको तथा अन्य नेटवर्कको हकमा रु. ५० बराबरको टकटाईम उपलब्ध गराईएको छ भने स्मार्ट नेटवर्क भित्र मात्र ५० वटा एसएमएसको सुविधा पनि दिएको छ ।

यसको साथसाथै बेलुकी १० बजेदेखि बिहान ६ बजे सम्मको समयलाई स्मार्ट रात्रीकल नामाकरण गरि उक्त समयमा कल गर्ने ग्राहकलाई स्मार्ट नेटवर्क भित्र पच्चीस पैसा तथा अन्य सेवा प्रदायकमा रु. १ कायम गरिएको कम्पनिले जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: १० भाद्र २०७१, मंगलवार

ताजा समाचार