Technology Khabar ९ भाद्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ९ भदौ । सामसुङले केही समयअघि मात्रै ग्यालेक्सी अल्फाको डिजाइन सार्वजनिक गरेको छ । सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी अल्फाको डिजाइनकरिव-करिव आइफोनसँग मिल्छ ।
अहिलेसम्म सामसुङ स्मार्टफोन प्लास्टिक कभरमा आउँथे । तर, यसपटक सामसुङ आइफोन जस्तै आल्मुनियम कभरमा छ । अनि डिजाइन पनि आइफोनसँग मिल्दोजुल्दो छ ।
सामसुङले सार्वजनिक गरेको भिडियो र प्रेस सामाग्रीका आधारमा यो फोन मिड रेन्जको ग्यालेक्सी सेरिज जस्तो देखिन्छ । ७ मिलिमिटर बाक्लो अल्फा सामसुङकै सवैभन्दा पातलो स्मार्टफोन हुने बताइएको छ ।
सामसुङले आफ्ना स्मार्टफोन सिरिजमध्ये अल्फामा नयाँ डिजाइन बिधि अपनाइएको जनाएको छ । अघिल्ला स्मार्टफोन भन्दा यसका चौकुना कम घुमेको देखिन्छ जसका कारण पनि डिजाइन करिव आइफोनसँग मिलेको जस्तो देखिन्छ । यसले सामसुङको तुलना डिजाइन नक्कल गर्ने चिनियाँ स्मार्टफोन ब्रान्ड जियोमीसँग हुनसक्नेछ ।
कोरियाली कम्पनीले बेग्लै अपरेटिङ सिस्टम, बेग्लै डिजाइन तथा सुविधाका साथ आफुलाई उपभोक्ता माझ पुर्याईरहेको बेला सामसुङले अब भिन्नै हुनेआत्मबिश्वास गुमाइसकेको हो भन्ने प्रश्न उठेको छ ।
४.७ इन्च चौडा र ७२० पिक्सेलको स्क्रिन रहेको छ भने पछाडीको क्यामेरा १२ मेगापिक्सेल र अगाडीको क्यामेरा २.१ मेगा पिक्सेलको छ ।
सेप्टेम्बरको पहिलो साता बजारमा आउने ‘ग्यालेक्सी अल्फा’ बिभिन्न ५ रंगमा उपलब्ध हुने छ । ग्यालेक्सी एस ५ मा जस्तै यसमा पनि फिंगरप्रिन्ट सेन्सर हुने छ ।
अहिलेसम्म यसको मूल्यमा बिषयमा कम्पनीले कुनै जानकारी नदिएको भएपनि ग्यालेक्सी एस ५ भन्दा अलिक कम मूल्यसहित आउने बिजनेस इनसाइडरले अनुमान गरेको छ ।
विशेषताः
स्क्रिनः ४.७ इन्च
प्रोसेसरः अक्टा कोर
अपरेटिङ सिस्टमः ४.४.४ किटक्याट
क्यामेराः १२ मे.पी(पछाडी), २.१ अगाडी
मेमोरीः र्याम २ जीवी, इन्टरनल मेमोरी ३२ जीवी
ब्याट्रीः १८६० mAh
प्रकाशित: ९ भाद्र २०७१, सोमबार