कोका–कोला नेपालीताराको अडिसन भदौ १७ देखि

Technology Khabar ९ भाद्र २०७१, सोमबार

कोका–कोला नेपालीताराको अडिसन भदौ १७ देखि

काठमाडौं ।

काठमाडौँ, ९ भदौ । कोका कोला नेपालीतारा–नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शोको अडिसन राउण्ड भदौ १७ गतेदेखि धरानबाट शुरु भइ नेपालका अरु सहरहरुमा जानेछ । कोका कोलाद्वारा प्रायोजित सो सांगीतिक रियालिटि शो ले नेपालभरिबाट गायक प्रतियोगीहरु खोज्नेछ ।

वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकाल, प्रशिद्ध गायक तथा संगितकार जेम्स प्रधान र संगितकार राजन इसान यस अडिसन राउण्डका निर्णायक हुनेछन् । दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संस्करणका रनर–अप धर्वेन्द्र सेवान कार्यक्रमका प्रश्तोता हुने बताईएको छ ।

अडिसन राउण्डको पहिलो तीन एपिसोड नेपाल टेलिभिजनमा प्रसारण गरिनेछ । कोका–कोलाको मुख्य प्रायोजनका साथै यस कार्यक्रममा डिसहोम र मास्टरपिसको सहकार्य रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ९ भाद्र २०७१, सोमबार

ताजा समाचार