माइक्रोसफ्टको विंडोज ९ सेप्टेम्बर ३० मा आउने

Technology Khabar ६ भाद्र २०७१, शुक्रबार

माइक्रोसफ्टको विंडोज ९ सेप्टेम्बर ३० मा आउने

काठमाडौं ।

काठमाडौं, ६ भदौं । माइक्रोसफ्टले यहि ३० सेप्टेम्बरमा आफ्नो विंडोजको नयाँ संस्करण विंडोज ९ सार्वजनिक गर्ने भएको छ । यसको नाम हाल थ्रेसहोल्ड राखिएको छ । कम्पनिले यसको लागि एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ ।

कम्पनिले नयाँ संस्करणको नाम थ्रेसहोल्ड राखेपनि यसको नाम विंडोज ९ वा के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन् । यो सिष्टमको नाममा अंकको प्रयोग नहुने अनुमान लगाइएको छ ।

साथै विंडोज ९ को कमर्शियल भर्सन २०१५ को मध्यमा सार्वजनिक गरिने छ ।

microsoft-windows-9-650_082214105641

नयाँ भर्सनमा कोरटाना भर्सनपनि समाहित गरिएको अनुमान गरिएको छ । कम्पनिले नयाँ विंडोज पहिलेको भन्दा निकै सरल र अधिक सुविधाका साथ ल्याउने अनुमान छ । यसमा स्मार्ट मेन्यू, डेस्कटपमा देखिने ऐप्लीकेशन्सको लागि अलग एउटा विंडो तथा भर्चुअल डेस्कटपको लागि सपोर्ट हुनेछ । यसमा कुल १५ फीचर हुनसक्नेछ ।

तर पनि विंडोज ९ मा पहिलेको विंडोजको तुलनामा कुनै क्रान्तिकारी परिवर्तन गरिएको छैन् भन्ने अडकल गरिएको छ । साथै स्टार्ट मेन्यू अपरेटिङ सिष्टम फेरी आउनसक्ने बताईएको छ ।

यसअघि माइक्रोसफ्टले २०११ सेप्टेम्बरमा विंडोज ८ सार्वजनिक गरेको थियो । कम्पनीले विंडोज ८ को प्रीभ्यू फरवरी २०१२ मा जारी गरेको थियो । तर उक्त अपरेटिङ सिष्टम खरिदकर्तासमक्ष अक्टूवर २०१२ मा मात्र पुगेको थियो ।

अब नयाँ विंडोज भर्सन बजारमा कहिले आउँछ र यसको मोबाइल भर्सन कहिले सार्वजनिक हुन्छ भनेर निकै चासोका साथ हेरिएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ भाद्र २०७१, शुक्रबार

ताजा समाचार