फेरी ‘लीक’ भयो अाईफोन सिक्सको तस्विर

Technology Khabar ५ भाद्र २०७१, बिहीबार

फेरी ‘लीक’ भयो अाईफोन सिक्सको तस्विर

काठमाडौं ।

काठमाडौं, ५ भदौ । आईफोन सिक्स सार्वजनिक हुन अब केहि साता मात्र बाँकी रहेको छ। बजारमा आएका हल्लालाई अाधार मान्ने हो भने अहिले ४.७ इन्चको स्क्रिन भएको आइफोन सार्वजनिक हुनेछ । हालै इंस्टाग्राममा आईफोन सिक्सको नयाँ ‘लीक’ भएको तस्विर देखिएको छ ।

लग्जरी आईफोन कारोबारकर्ता ‘फील्ड एण्ड वोल्क’ ले यो फोटो शेयर गरेको हो । फ्रन्ट प्यानल तथा राउंडेड एजेसका साथ उक्त फोटो उस्तै देखिएको छ जुन पहिले लीक भएको फोटोहरुमा देखिएको थियो । पहिले नै खबर आएको थियो कि एप्पल कम्पनिले गत वर्षको जस्तै दुई किसिमका आईफोन बजारमा सार्वजनिक गर्नेछ । जसमध्ये एउटाको स्क्रीन ४.७ इन्च र अर्को ५.५ इन्चको स्क्रीन हुनेछ । अब सबैलाई एप्पलले आईफोनमा कुन नयाँ प्रविधि लिएर आउने छ ।

iphone-Six

यसअघि नै पनि एप्पलका नयाँ आउने भनिएका मोबाइलहरुको तस्विर सार्वजनिक भइसकेको छ ।

दुई फरक फोन एकैपटक बजारमा ल्याउने भनेपछि एप्पललाई फोनको नाम राख्न हम्मे हम्मे पर्नेछ । यसको सुरुको नाम आइफोन हुने त पक्का नै छ तर पछाडिपट्टि झुण्डिने नाम भने के हुनेहोला ? धेरैको उत्सुकता छ ।

अहिलेसम्म आइफोनका आइफोन, आइफोन थ्री, आइफोन थ्री जी एस, आइफोन फोर, आइफोन फोर एस, आइफोन फाइभ, आइफोन फाइभ एस रआइफोन फाइभ सी बजारमा आइसकेका छन्। तर, आइफोनको छैटौँ पुस्ता बजारमा आउने तयारीसँगै यसको नाम तथा मोडलमा पनि केही फरकपना हुने बताइएको छ ।

iphone_L

सूचना प्रविधि सम्बन्धि एक साइटका अनुसार एप्पलले आफ्नो नयाँ ५.५ इन्चको आइफोनको नाम ‘आइफोन ६ एल’ राख्ने तयारीमा छ । यहाँ एलको अर्थ लार्ज अथवा ठूलो भन्ने हो । त्यस्तै ४.७ इन्चको आइफोनको नाम आइफोन  सिक्स मात्र रहने दाबी गरिएको छ ।

यस्तो नामाकरण अलिक मजाक त हुनेनै छ तरआइफोन एयर राख्नुभन्दा आइफोन लार्ज राख्नु तर्क सँगत भने हुनेछ । वास्तवमा यो एयर भन्ने शव्द म्याकबुक एयरबाट लिइएको हो जो एकदमै हलुका ल्यापटप हो एप्पलको । आइफोन पनि अवश्य नैहलुका छ । तर नयाँ आउने आइफोन मध्ये ठूलो साइजको आइफोन अवश्य पनि अर्कोभन्दा हलुका हुनेछैन ।

एप्पलका ब्रेकिङ समाचारहरु खुलासा गर्नेदाबी गरिएको साइट नाइन टू फाइभ म्याकले एप्पल डेली अनलाइनलाई उधृत गर्दैयस्तो दाबी गरेको छ । एप्पल डेलीले नयाँ आइफोनका तस्वीर दाबी गर्दै केहीअपुष्ट तस्वीरहरु समेत यसअघि सार्वजनिक गरीसकेको छ । तर एप्पलले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । एजेन्सीहरुको सहयोगमा ।

easy care

प्रकाशित: ५ भाद्र २०७१, बिहीबार