इभो स्टोरको दशैं-तिहार अफर

Technology Khabar ५ भाद्र २०७१, बिहीबार

इभो स्टोरको दशैं-तिहार अफर

काठमाडौं ।

काठमाडौं, ५ भदौ । एप्पलका उत्पादनको नेपालस्थित आधिकारिक खुद्रा बिक्रेता इभो स्टोरले दशैं-तिहार अफर ल्याएको छ । इभो स्टोरले ‘सप एण्ड वीन’ योजना ल्याएको हो ।
अफर अन्तर्गत इभो स्टोरबाट ५० हजार रुपैयाँभन्दा बढिको सामान खरिदमा जेबीएल भोएगर र जेबीएल फ्लिीप उपहार पाइने छ ।

भदौ १ गतेबाट सुरु भएको अफर तिहारसम्म जारी रहने  बताइएको छ ।स्टोरमा हरेक महिना सामान खरिदकर्तामध्ये २ जनाले उक्त उपहार जित्न सक्ने जानकारी दिएको छ । सो स्टोरमा सामान खरिदमा नबिल इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकको वित्तिय सुविधा पनि उपयोग गर्न सकिने बताईएको छ ।

इभो स्टोर एप्पलका विभिन्न उत्पादनका लागि नेपालको आधिकारिक खुद्रा बिक्रेता तथा सेवा प्रदायक हो । दरवार मार्गस्थित शेर्पा मल र मर्कनटाइल प्लाजामा इभो स्टोरको शोरुम रहेको छ । स्टोरले हाल जेबीएल, बोस, टारगसलगायतका ब्राण्डका सामान बिक्री गर्दै आएको छ ।

easy care

प्रकाशित: ५ भाद्र २०७१, बिहीबार