क्यान सफ्टेक २०१४ भाद्र २६ गते देखि २९ गतेसम्म

Technology Khabar ५ भाद्र २०७१, बिहीबार

क्यान सफ्टेक २०१४ भाद्र २६ गते देखि २९ गतेसम्म

काठमाडौं ।

काठमाडौं, ५ भदौ । क्यान सफ्टेक २०१४ भाद्र २६ गते देखि २९ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले बुधवार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । क्यान सफ्टेकको सातौैं संस्करण”Converging to e-life” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।

क्यान सफ्टेकले नेपाललाई सफ्टवेयर सोलुसन तथा सर्भिसेजको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीतिनिर्माण तथा यस सम्बन्धमा हुन सक्ने विकासमा टेवा पुर्याउन समेत यस्ता कार्यक्रमले सहयोग पुर्याउने क्यानको अपेक्षा रहेको छ ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एण्ड सोलुशनस् र कम्युनिकेशन सम्बन्धि कम्पनीहरुले भागलिने क्यान सफ्टेक २०१४ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा नियो ईआरपि रहेको हुँदा सातौं संस्करणको क्यान सफ्टेकको अफिसियल नाम नै “सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो ईआरपि” रहेको छ ।

सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो ईआरपि मा जम्मा १४२ वटा स्टलहरु रहनेछन् । हालसम्म ७० प्रतिशत स्टल निश्चित भईसकेका छन् । जसमा सफ्टवेयर, कम्प्युूटर शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचनाव्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन् भने, सेवा सम्बन्धि क्षेत्रमा, ईन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धि सेवा, त्यस्तै सोलुशनको क्षेत्रमा सेक्युरिटी सोलुशनस्, वायरलेश सोलुसनस्, प्रिन्टिङ्ग सोलुशनस्, पावर सोलुसनस् र विभिन्न एप्लीकेशन सहितका ट्यावलेटहरुसँग सम्बन्धित स्टलहरु रहेका छन् । साथै कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाईल र ल्यापटप सहितका स्टलहरु थप गरीएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान सफ्टेक २०१४ इनएसोसिएसन विथ नियो ईआरपिको आकर्षणका रुपमा रहने बताईएको छ ।

गतवर्षको क्यान सफ्टेकमा १ लाख  ३१ हजार अवलोकनकर्ता भएकोमा यस पटक सो संख्या १ लाख ५० हजार सम्म पुग्ने अनुमान गरिएको छ । क्यान सफ्टेक २०१४ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने बताईएको ।

सुबिसु क्यान सफ्टेक २०१४ मा यस क्षेत्रसंग सम्बन्धीत विभिन्न विषयमा सेमिनार कार्यक्रम समेत आयोजना गरिने भएको छ । SQA Enthusiast संगको सहकार्यमा एक दिवसिय “seminar on web security” विषयक सेमिनार कार्यक्रम गरिने छ । त्यसैगरी Green IT Solutions संगको सहकार्यमा एक दिवसिय Virtualization सम्बन्धि कार्यशाला समेत आयोजना गरिने छ ।

Midas Education संगको सहकार्यमाLearn on Mobile (m-Education) को अवधारणा अनुरुप मिदास एजुकेसनले Android Mobile Phone/Tablet मा चलाउन सक्ने गरि MiDas e-CLASS app सम्पूर्ण भिजिटरहरुलाई कुनै पनि डिभाइस (ल्यापटप एन्ड्रोइड फोन वा पेनड्राइभ) लिएर आएमा निःशुल्क रुपमा (रु ४००.०० बराबरको) अथवा Learning application प्रदान गर्ने भएको  छ ।

यसै गरी सिल्भर स्पोन्सर ईरासफ्ट सोलुुसन प्रा. लि. ले माबाईलको प्रयोगबाट नै ट्याक्सी  सेवा लिन तथा प्रदान गर्न सकिने (अनभर स्मार्ट ट्याक्सी) सेवा शुरुवात गर्ने जानकारी दिईयो छ । प्रिन्ट स्पोन्सर सागर इन्फोसिसले Kaspersky Antivirus  र Prestigo Smartphone र Tablet मा विशेष अफर दिने भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

Global Bank
easy care

प्रकाशित: ५ भाद्र २०७१, बिहीबार

ताजा समाचार