Technology Khabar ४ भाद्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ४ भदौ । चाइनीज स्मार्टफोन निर्माता कम्पनि जियोमी को स्मार्टफोन MI3 को जादू भारतीय बजारमा अझैपनि कायमै छ । भारतमा मंगलवार दिउँसो २ बजे पाँचौं पटक यो फोनको बिक्री शुरु भएपछि केहि सेकेन्डमा नै सोल्ड आउट भएको थियो । यसअघि पनि चारपटक यो फोन केहि सेकेन्डमा अनलाइनमा बिक्री सकिएको थियो ।
उक्त स्मार्टफोन बेच्ने अनलाइन कम्पनि फ्लिपकार्टले बिक्रीभन्दा पहिले नै एक लाख भन्दा अधिक व्यक्तिले फोन खरिद गर्न दर्ता गरेको भएपनि २० हजार सेट मात्र बिक्री हुने जानकारी दिएको थियो ।
फ्लिपकार्टले पहिले आउने ग्राहकले पहिलो प्राथमिकता पाउने नीति अनुसार फोन बिक्री गरिएको बताएको छ । उक्त फोनको बजारमा भारतीय मूल्य १३ हजार ९ सय ९९ रुपैंया तोकिएको थियो ।
जीयोमी MI3 को फीचर्सहरु हेरौं
जियोमी MI3 मा ५ इन्चको फुल एचडी डिस्प्ले छ । फोनका डिस्प्ले २.३ गिगाहर्ज क्वाडकोर स्न्यापड्रागन ८०० प्रोसेसर हो जो निकै शानदार रहेको छ । उक्त फोनमा २ जीबीको र्याम रहेको छ । फोनको अपरेटि८ सिस्टम ४.४ किटक्याट हो ।
उक्त फोनमा १६ जीबीको इन्टरनल मेमोरी हो तर यस माइक्रो एसडी कार्डमार्फत बढाउन सकिँदैन् । अर्थात यो फोनमा एसडी कार्ड स्लट छैन् । फोनको रियर क्यामेरा १३ मेगापिक्सेल हो र फ्रन्ट क्यामेरा २ मेगापिक्सेलको हो । MI3 टूजी र थ्रीजी दुई नेटवर्कमा सपोर्ट गर्दछ ।
प्रकाशित: ४ भाद्र २०७१, बुधबार